७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेसका महामन्त्री डा. शशांक कोइराला ओम अस्पतालमा भर्ना

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला ओम अस्पतालमा भर्ना भएका छन् ।

केहि दिन अगाडि उनलाई कोरोना संक्रमण भएकाे थियो। घरमै आराम गरिरहेका कोइरालालाई ज्वरो आएपछि ओम अस्पतालमा भर्ना गरिएको हो ।

सोमबार साँझ कोइरालालाई १०३ डिग्री ज्वरो आएको र ज्वरो कम नभएपछि राति नै उनलाई ओम अस्पताल लगिएको थियो। अहिले उनकाे अवस्था सामान्य रहेकाे अस्पतालले जनाएकाे छ।

प्रकाशित: ३१ भाद्र २०७७ ०५:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App