७ वैशाख २०८१ शुक्रबार
अर्थ

१० मध्ये ४ मा कोरोना पोजेटिभ

आन्तरिक हवाई उडान

आन्तरिक हवाई उडानमा पिसिआर अनिवार्य नगर्दा कोरोना भाइरस संक्रमणको खतरा बढ्ने देखिएको छ ।  

आन्तरिक उडानमा संलग्न सीता एअरले भने आफैं पिसिआरलाई अनिवार्य गरेको छ । यसका निम्ति आफैंले एक हजार रूपैयाँ यात्रुको पिसिआरका लागि दिने र पिसिआर गराउने व्यवस्था समेत गरेको यसका व्यवस्थापकले जानकारी दिए । अन्य एअरलाइन्सले भने पिसिआर गर्नेबाहेकका अन्य स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरिएको बताएका छन् ।  

सीता एअरका प्रबन्धक राजेन्द्रबहादुर सिंहका अनुसार सोमबार ताप्लेजुङ जाने उडानका निम्ति १३ यात्रु तय भए पनि पिसिआर अनिवार्य गरिएपछि १० जना मात्र यसका निम्ति तयार भएका थिए । यी १० मध्ये चारजनामा कोरोना पोजेटिभ देखिएपछि ६ जना यात्रुलाई मात्र लिएर सीताको विमान ताप्लेजुङ गएको थियो ।  

‘यसमा हामी व्यवसायी, सरकार र जनस्वास्थ्यसँग चासो राख्ने सबैका निम्ति केही पाठ छ कि जस्तो लाग्छ,’ सिंहले नागरिकसँग भने । संयोगले सीता एअरका प्रबन्धक सिंह सहित केही कर्मचारीलाई समेत कोरोना संक्रमण भएको थियो । सिंह भर्खरै निको भएका हुन् । सीताका नेपालगन्जका कर्मचारीलाई संक्रमण भएपछि १० दिनदेखि सेवा त्यहाँको अपरेसन बन्द गरिएको उनले बताए ।

प्रकाशित: ६ आश्विन २०७७ ०५:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App