६ आश्विन २०८१ आइतबार
image/svg+xml

निर्माण व्यवसायी संघ मोरङको अध्यक्षमा महेशकुमार मिश्र निर्विरोध

समितिको प्रथम उपाध्यक्ष ध्रुवराज कार्की, द्वितीय उपाध्यक्ष रमेश कोइराला, महासचिव उत्तमराज जोशी, सचिव राधेश्याम कट्टेल, कोषाध्यक्ष दाताराम पौडेल र सह–कोषाध्यक्षमा संजयकुमार यादव निर्विरोध निर्वाचित भएका हुन्।

६ लाख रुपैयाँको अवैध सामान बरामद

भारतबाट विराटनगर महानगरपालिका–१६ खोक्साहा र दरैयावस्ती हुँदै चोरी तस्करी गरेर ल्याउँदै गरेको खाद्यान, लत्ताकपडा, मोटरपार्टस, ग्याँस चुलोको बर्नरलगायतका सामग्री बरामद गरिएको छ।

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

मंगलबार बिहान ८ बजेतिर जयप्रसाद घाँस काट्न श्रीमती जानुका बास्तोलासँगै जंगलमा गएका बेला हात्तीले आक्रमण गरेको मोरङ प्रहरीले जनाएको छ।

क्याम्पसको जग्गामा पिच बाटो बनेपछि विवाद

क्याम्पसको छात्रावासदेखि पश्चिमतर्फ रहेको जग्गा मिचेर स्थानीयले पिच सडक बनाएका हुन्।

उद्योगी व्यवसायीले गरे ६ सुत्रिय माग राख्दै आन्दोलनको चेतावनी

बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी उद्योगी व्यवसायीहरूले आन्दोलनको चेतावनी दिएका हुन्।

मोरङमा प्रमुख दलकै वर्चस्व

यो निर्वाचनमा पनि ‘घण्टी बजाऊँ’ भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा माहोल देखिएको थियो। यो माहोलले मोरङमा भने खासै प्रभाव पार्न सक्ने अवस्था प्रारम्भिक मत परिणाममा देखिएको छैन।

ठगी आरोपमा ज्वेलर्स सचालक दम्पती पक्राउ

ज्वेलर्स सञ्चालक ४२ वर्षीय राजु विश्वकर्मा र उनकी श्रीमती ३८ वर्षीय कमला विश्वकर्मा पक्राउ परेका हुन्।

सरूवा रोग अस्पताल अलपत्र

तत्कालीन सङ्घीय सरकारले सातै प्रदेशमा एकरएक वटा सरुवा रोग अस्पताल बनाउने योजना अनुसार तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले अस्पतालको शिलान्यास गरेका थिए।

मोरङ क्षेत्र नं. ३ को (क) मा बिहीबार मनोनयन दर्ता

उनले मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिन्हसमेत प्रदान भइसकेको अवस्था रहेकोमा उक्त क्षेत्रबाट प्रदेश सभाका लागि उम्मेदवार थापाको मृत्यु भएको हुँदा उक्त निर्वाचन क्षेत्रको सम्बन्धित दलको उम्मेदवारले मात्रै मनोनय दर्ता गर्न पाउने बताए।

करेन्ट लागेर बुढीगंगामा एक जनाको मृत्यु

घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ। त्यसैगरी, जहदा गाउँपालिका–३ मा रहेको एक उद्योगमा पाइप विष्फोट हुँदा सप्तरीको विष्णुपुरका ३३ वर्षीय कृष्णकुमार साह र सप्तरी तिरुपका ४२ वर्षीय महेन्द्र साह घाइते भएको प्रहरीले जनाएको छ।

बालकको हत्यामा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

आइतबार राति दमक नगरपालिका–१० आमवाडीका १४ वर्षीय दियुश श्रेष्ठको मोरङ र झापाको सिमाना स्थित मावा खोलामा छठ मेला हेर्नेक्रममा छुरा प्रहार गरी हत्या गरिएको थियो। पक्राउ परेका पाँच जना १८ वर्षमुनिका किशोर छन्

प्रदेश १ का पूर्व मन्त्री र पूर्व मेयरबीच प्रतिस्पर्धा

स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको १,२,३,८ र १० नम्बर वडामा एमालेले जितेको छ। यस्तै कटहरीको १ र २ वडामा पनि एमालेले जितेको छ। कटहरीको वडा नम्बर ३ मा मात्रै नेपाली काँग्रेसले जितेको छ। स्थानीय तहको निर्वाचनलाई हेर्दा नेकपा एमालेले अधिकांश वडामा जितेको देखिन्छ। स्थानीय तहमा वडा अध्यक्षको मतका आधारमा हेर्दा यस क्षेत्रमा एमाले नै अगाडि देखिएको छ।

नवौँ राष्ट्रिय खेलकुद: गण्डकीलाई पराजित गर्दै आर्मी फुटबलको फाइनलमा

आर्मीले लिग चरणको पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४–१ ले र दोस्रो खेलमा पुलिस क्लबलाई २–० गोल अन्तरले हराएको हो।

दोस्रो व्याचमा १७ उद्यमी छानिए

नविन सोच विचार तथा अवधारणा भएका यूवाहरुलाई उद्यमशिलतामा रुपान्तरणका लागी सहजिकरण गरि नयाँ व्यवसायहरुको श्रृजना गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्ने उद्देश्यले संगठनले गत वर्षदेखि सञ्चालन गरेको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम सञ्चालन गर्दै आएको छ।

क्रिकेटको डेब्यु खेलमा नै पुलिसको एतिहासिक स्वर्ण

एपीएफका लागि रोमा थापाले सर्वाधिक २६ रनको योगदान दिइन भने राजमती ऐरीले अविजित १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्