४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

जंगली हात्तीको आक्रमणमा परेर मोरङको सुन्दरहरैँचा नगरपालिका–१० का ७३ वर्षीय जयप्रसाद बास्तोलाको मृत्यु भएको छ।  

मंगलबार बिहान ८ बजेतिर जयप्रसाद घाँस काट्न श्रीमती जानुका बास्तोलासँगै जंगलमा गएका बेला हात्तीले आक्रमण गरेको मोरङ प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार घाँस काट्ने क्रममा अचानक जंगली हात्ती देखा पर्दा आत्तिएका कारण भाग्न नसकी जयप्रसाद लडेका थिए। श्रीमती जानुका भागेर गाउँ पुगेपछि हारगुहार गर्दै उनले गाउँलेलाई घटनाको जानकारी दिएकी थिइन्।  

घटना थाहा पाए लगत्तै स्थानीयहरू जयप्रसादको खोजी गर्ने क्रममा सुन्दरहरैँचा–१० स्थित मुनाल झोडा सामुदायिक वनभित्र दिउँसो १ बजेतिर शव भेटिएको डिएसपी श्रेष्ठले जानकारी दिए। जयप्रसादलाई मारेपछि हात्ती त्यहाँबाट अन्यत्र गएको हुनसक्ने प्रहरीले अनुमान गरिएको छ। मृत फेला परेका जयप्रसादको शरीरका विभिन्न भागमा आक्रमण गरेको चोटपटक रहेको र घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ।  

प्रकाशित: २० मंसिर २०७९ १३:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App