६ आश्विन २०८१ आइतबार
image/svg+xml

महिला क्रिकेटमा बागमती प्रदेशले कास्य जित्यो

पोखरा रङ्गशालामा तेस्रो स्थानको लागि आज भएको खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गर्दै कास्य पदक जितेको हो।

मोरङ पुगेर रेखाले भनिन्: म सपना सुनाउन होइन, समस्या सुन्न आएको हो

'बाटो उस्तै पिच भए हुन्थियो। यहाँ सिंहदेवी मन्दिर छ। बाटो पिच भए हामीलाई त्यहाँ जान सहज हुने थियो। आज उहाँ (रेखा) एउटा नारी भएर हिम्मतका साथ हाम्रो घरदैलोमा आउनुभएको छु, उनले भनिन्, 'के का लागि भन्दा उहाँ यो ठाउँको विकास गरौं भनेर नै हो। यहाँको समस्या हटाउन नै हो।'

हराउँदै गए रातो माटो र कमेराको मड्किना, लिपपोत गर्नै छोडियो घर

मौलिकतालाई छोड्दै र आधुनिकतालाई पछ्याउँदै जान थालिएपछि दशैँ पनि महँगो बन्दै गएको स्थानीयवासीको बुझाइ रहेको छ। पहिला–पहिला रैथाने साधन, स्रोत, सीप र प्रविधिमा दसैँ मनाइन्थ्यो। अहिले आयातित साधन, स्रोत, सीप र प्रविधि अपनाइएका कारण सर्वसाधारणका लागि दशैँ दशा बन्न थालेको वुद्धिजीवीले बताएका छन्। रातोमाटो र कमेरोले घर पोत्दा, नयाँ कपडा, पिङ, गाउँभरिका सबै मिलेर गोरेटो सरसफाइ गर्दा त्यो बेला दशैँको आभाष हुने गरेको थियो।

विराटनगरमा लापसे परीक्षण सुरु

‘यस प्रकारको परीक्षण गर्दा सबै पक्षको सुरक्षित यात्रा हुनेछ। पहिले मापसे मात्रै परीक्षण गर्दै आएकोमा लागूऔषध नियन्त्रण ब्यूरोसँग समन्वय गरी लागूपदार्थ परीक्षणको काम थालेको हौं।’

नदी नियन्त्रण र डुबानको समाधान मुख्य चुनौती

सुनसरी र मोरङका माथिल्लो क्षेत्रमा नदी कटानको समस्या छ भने तल्लो क्षेत्रमा डुबानको । सोही कारण प्रत्येक वर्ष हजारौं स्थानीय घरबारविहीन हुने गरेका छन्। विकासनिर्माणका कामकै कारण पनि कतिपय स्थानमा समस्या देखिएको जन गुनासो छ।

कारागारमा एक कैदीको मृत्यु

दुवै खुट्टा सुन्निने, ज्वरो आउने र मटुको धड्कन बढ्ने जस्ता समस्या भएपछि उपचारका लागि मंगलबार कोसी अस्पताल भर्ना गरिएको थियो। सार्कीको उपचारका क्रममा बुधबार मृत्यु भएको र उनको शव अस्पतालमै राखिएको छ।

नेटवर्किङमार्फत सर्वसाधारणलाई ठगी गरेको आरोपमा ६ जना पक्राउ

प्रहरीले मोरङ मिक्लाजुङ वडा नं. १ का ससिता राई, सुन्दरहरैँचा वडा नं. ७ का सन्जिव माझी, ग्रामथान वडा नं. ३ का विक्रम माझी, कटहरी वडा नं. ६ का पंकजकुमार साह, सोही ठाउँका अरुण मुडयारी र झापा विर्तामोड वडा नं. १० का पदम राईलाई पक्राउ गरेको हो।

बोधित र सुस्मितालाई स्वर्ण

मोरङका बोधित डिसी र नेपाल आर्मीकी सुस्मिता खड्काले कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन्।

विराटनगरमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

मोरङको विराटनगरमा साइकलबाट लडेर र केराबारीको हुरहुरे खोलामा डुबेर १/१ जनाको मृत्यु भएको छ ।

सार्वजनिक पुलमा आवतजावत बन्द

रङ्ग गाउँबाट त्रिपुरासुन्दरी नगरपालिका केन्द्र त्रिपुराकोट बगरलगायत वडा नं ९ मा पर्ने चुँ र १० मा पर्ने लिकुगाउँमा जान स्थानीयवासीलाई छिटो र सहजताका लागि विसं २०७६ मा झोलुङ्गे पुल निर्माण गरिएको थियो।

सेमिफाइनलको यात्रामा सिद्राहा

विराटनगरमा जारी मुस्ताङ विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा सिद्राहा भेट्रान क्लब प्रवेश गरेको छ।

शंकास्पद अवस्थाका ५ कन्टेनर चाइनिज स्याउ नियन्त्रणमा

‘शंकास्पद गतिविधि गरेको अवस्थामा स्याउ लोड गरिएको भारतीय नम्बर प्लेटका ५ वटा कन्टेनर र ३ वटा नेपाली ट्रकलाई पनि नियन्त्रणमा लिएका हौं। स्याउसहित कन्टेनर र ट्रकलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको छ।’

मोरङका स्थानीय तहमा बेरुजुको चाङ

मोरङका स्थानीय तहमा बेरुजुको चाङ् बढ्दै गएको देखिएको छ। महालेखा परीक्षकको कार्यालयको २०७९ को प्रतिवेदन अनुसार मोरङका १७ स्थानीय तहको बेरुजु ४ अर्ब २५ करोड ६७ लाख ८३ हजार पुगेको छ।

स्थानीय तहमा पठाउने बजेटमा प्रदेश सांसदहरुको होडबाजीः काशिराज दाहाल

मधेस प्रदेशमा काम गर्दा अनुदान बाँडफाँटको समिति अर्को मन्त्रालयको मन्त्रीलाई दिएर समेत बजेट बाँडफाँड भएको बताउँदै संघ र प्रदेश सरकारले स्थानीय सरकारको अधिकार मिच्न नहुने बताए। उनले समन्वय गर्ने समितिहरुलाई क्रियाशील बनाउनुपर्ने आवश्यक्ता रहेको औँल्याए।

हतियारसहित दुई जना पक्राउ

‘हतियारसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रंगेलीमा बुझाएका छौं,’ एसपी लामिछानेले भने, ‘प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरु हतियार कारोबारी हुन सक्छन्।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्