२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विराटनगरमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

फाइल तस्बिर

मोरङको विराटनगरमा साइकलबाट लडेर र केराबारीको हुरहुरे खोलामा डुबेर १/१ जनाको मृत्यु भएको छ ।  

विराटनगर महानगरपालिका–१८ पेट्रोल पम्पनजिकको भित्री सडकखण्डमा बुधबार राति ८ बजेतिर साइकलबाट लडेर जहदा गाउँपालिका–१ का ४६ वर्षीय दीपचन शर्माको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। साइकलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गर्दा निर्माणाधीन कल्भर्टमा लडेर शर्मा घाइते भएको थिए।  

घाइते शर्मालाई उपचारका लागि कोसी अस्पतालतर्फ ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो। निर्माणाधीन कल्भर्टमा रातको समयमा दुर्घटना भएको र घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।  

त्यसैगरी, केराबारी गाउँपालिका–६ स्थित हुरहुरे खोलामा डुबेर बुधबार साँझमा सुनसरीको धरान–६ पानमाराका २३ वर्षीय इशानबहादुर कार्कीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

कार्की पौडी खेल्ने क्रममा खोलामा डुबेको र उनलाई साथीहरुले उद्दार गरी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागेका थिए। धरान पुर्‍याउना साथ कार्कीको मृत्यु भएको र घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ भाद्र २०७९ ०५:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App