२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

मोरङका स्थानीय तहमा बेरुजुको चाङ

मोरङका स्थानीय तहमा बेरुजुको चाङ् बढ्दै गएको देखिएको छ। महालेखा परीक्षकको कार्यालयको २०७९ को प्रतिवेदन अनुसार मोरङका १७ स्थानीय तहको बेरुजु ४ अर्ब २५ करोड ६७ लाख ८३ हजार पुगेको छ।

मोरङका स्थानीय तहमा हरेक वर्ष बेरुजुको रकम बढ्दै गएको महालेखाको तथ्यांकले देखाएको छ। सबै भन्दा बढी बेरुजु विराटनगर महानगरपालिकाको देखिएको छ। विराटनगर महानगरपालिकाको १ अर्ब ६३ करोड ५७ लाख ४३ हजार रूपैयाँ बेरुजु देखिएको छ।

अघिल्लो वर्ष विराटनगर महानगरपालिकाको बेरुजु १ अर्ब १६ करोड ७७ लाख ९६ हजार थियो। मोरङको धनपालथान गाउँपालिकाको बेरुजु ९ करोड ६७ लाख ४० हजार रूपैयाँ पुगेको छ। अघिल्लो वर्ष धनपालथानको बेरुजु ६ करोड १९ लाख ३३ हजार थियो। जहदा गाउँपालिकाको बेरुजु २५ करोड १६ लाख २६ हजार पुगेको छ। अघिल्लो वर्षसम्म २० करोड ४५ लाख ३६ हजार रूपैयाँ थियो। कानेपोखरी गाउँपालिकाको बेरुजु १० करोड ९८ लाख रूपैयाँ पुगेको छ।

गत वर्षसम्म ६ करोड ६६ लाख ३० हजार रूपैयाँ थियो। कटहरी गाउँपालिकाको बेरुजु १२ करोड ४ लाख ४९ हजार रूपैयाँ पुगेको छ। अघिल्लो वर्षसम्म १० करोड ७३ लाख ३२ हजार रूपैयाँ थियो। केरावारी गाउँपालिकाको बेरुजु ७ करोड ७२ लाख ६८ हजार रूपैयाँ पुगेको छ। अघिल्लो वर्षसम्म ९ करोड २६ लाख ५२ हजार रूपैयाँ थियो। लेटाङ नगरपालिकाको बेरुजु १० करोड ३३ लाख ५० हजार रूपैयाँ पुगेको छ। अघिल्लो वर्ष १० करोड १८ लाख १० हजार रूपैयाँ थियो।

यस्तै मिक्लाजुङ गाउँपालिकाको बेरुजु १२ करोड २० लाख ७९ हजार रूपैयाँ पुगेको छ। अघिल्लो वर्ष ८ करोड ५ लाख २६ हजार रूपैयाँ थियो। पथरी शनिश्चरे नगरपालिकाको बेरुजु २५ करोड ३० लाख ९३ हजार रूपैयाँ पुगेको छ। अघिल्लो वर्ष ९ करोड ९२ लाख २६ हजार रूपैयाँ थियो। रंगेली नगरपालिकाको बेरुजु २० करोड ८२ लाख ४४ हजार रूपैयाँ पुगेको छ। अघिल्लो वर्ष १६ करोड ३४ लाख ३ हजार रूपैयाँ थियो। रतुवामाई नगरपालिकाको बेरुजु १८ करोड ४३ लाख ८४ हजार रूपैयाँ पुगेको छ।

अघिल्लो वर्ष १६ करोड ५१ लाख ५३ हजार रूपैयाँ थियो। सुनवर्षी नगरपालिकाको बेरुजु २२ करोड ३९ लाख ८५ हजार रूपैयाँ पुगेको छ। अघिल्लो वर्ष १९ करोड ३६ लाख ८५ हजार रूपैयाँ थियो। सुन्दरहरैंचा नगरपालिकाको बेरुजु २७ करोड ५३ लाख ५८ हजार रूपैयाँ पुगेको छ। अघिल्लो वर्ष २३ करोड ८३ लाख २९ हजार रूपैयाँ थियो। उर्लावारी नगरपालिकाको बेरुजु १९ करोड ७४ लाख ५१ हजार रूपैयाँ पुगेको छ।

गत वर्ष उर्लावारी नगरपालिकाको बेरुजु १७ करोड ६० लाख ९३ हजार रूपैयाँ थियो। बेलवारी नगरपालिकाको बेरुजु २१ करोड ७४ लाख ३ हजार रूपैयाँ पुगेको छ। गत वर्ष १७ करोड ४६ लाख ५२ हजार रूपैयाँ थियो। मोरङका अघिकांश स्थानीय तहले गत वर्षको भन्दा बेरुजुको रकम बढाए पनि ग्रामथान गाउँपालिका र बुढीगंगा गाउँपालिकाले थोरै मात्रामा भए पनि बेरुजु घटाएको देखिएको छ।

ग्रामथान गाउँपालिकाको बेरुजु ३ करोड ८८ लाख ७४ हजार रूपैयाँ छ। अघिल्लो वर्ष ४ करोड ५० लाख ३८ हजार रूपैयाँ थियो। यस्तै मोरङको बुढीगंगा गाउँपालिकाको बेरुजु २२ करोड ४२ लाख ६० हजार छ। गत वर्ष बुढीगंगाको २५ करोड ७ लाख १ हजार रूपैयाँ थियो। स्थानीय तहहरूले अनियमित रूपमा कर्मचारी भर्ना गर्नेदेखि, तलब भत्ता वितरण र विकास निर्माणका कामसमेत अनियमित रूपमा गर्ने गरेको महालेखाको प्रतिवेदनले औंल्याएको छ। 

प्रकाशित: ९ भाद्र २०७९ ०२:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App