१४ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

बोधित र सुस्मितालाई स्वर्ण

मोरङका बोधित डिसी र नेपाल आर्मीकी सुस्मिता खड्काले कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन्।

जुनियर सिंगल्सको ब्वाइजमा बोधित तथा गल्र्समा सुस्मिताले स्वर्ण जितेका हुन्। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा बोधितले एभिएमका रुविन महर्जनलाई १२–१०, १३–११ र ११–५ को सोझो सेटमा पराजित गरे।

नुवाकोटका गनन्जय दाहाल र काठमाडौंका हिमाल विष्ट तेस्रो भए। गल्र्सको उपाधि भिडन्तमा सुस्मिताले एभिएमकी वियांका राईलाई ११–९, ११–८ र १३–११ को सीधा सेटमा हराइन्। प्रभातकी अञ्जु सुवाल र कान्तिपुर पिङपोङ क्लबकी प्रणिका कुँवर तेस्रो भए। शीर्ष तीनले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कार पाए।

अखिल नेपाल टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको क्याडेट गल्र्स सिंगल्समा एभिएमकी इभाना थापामगर पहिलो भइन्। इभानाले फाइनलमा मोर्डन कलेजकी दिया देउलालाई ११–४, १२–१० र ११–४ को सोझो सेटमा पाखा लगाइन्।

नेपाल प्रहरीकी शुभश्री श्रेष्ठ र प्रोक्सिमाकी नर्वदा खाइतु तेस्रो बने। विजेताले सात हजार पाँच सय, उपविजेताले ३ हजार ५ सय र तेस्रोले २ हजार रूपैयाँ नगद पुरस्कार पाए। विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, आयोजक संघका अध्यक्ष चतुरानन्दराज वैद्य र प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यलगायतले पुरस्कृत गरे।

प्रकाशित: २० भाद्र २०७९ ०२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App