२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

हतियारसहित दुई जना पक्राउ

मोरङको सुनवर्षी नगरपालिका–८ स्थित खरेबारीबाट २ जनालाई २ थान हतियारसहित सशस्त्र प्रहरीले आइतबार पक्राउ गरेको छ।

पक्राउ परेकामध्ये १ जनाको साथबाट २ थान पेस्तोल भेटिएको हो। सुनवर्षी–८ हसनगढीका २८ वर्षीय आरिफ मियाँ आलमको साथबाट २ थान पेस्तोल बरामद गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिए।

उनका अनुसार मियाँलाई पक्राउ गरिएको केही समयपछि उर्लाबारी नगरपालिका–६ तरुण चोकका २९ वर्षीय नवीन धिमाललाई समेत पक्राउ गरिएको हो। भारतबाट नेपालतर्फ आउँदै गरेको को २७ प ४०६ नम्बरको मोटरसाइकललाई शंका लागेर चेक गर्दा आलमको साथबाट अटोमेटिक चाइनिज पेस्तोल, म्यागजिन र १ राउण्ड गोली तथा एउटा सिक्सर पेस्तोल बरामद भएको थियो।

तत्कालै घटना स्थलमै सोधपुछका क्रममा हतियार धिमालले मगाएको आलमले बताए। त्यसलगत्तै राति ८ बजेतिर रतुवामाई नगरपालिका–८ दाम्राभिट्टाबाट धिमाल पक्राउ परे। को २२ प ६७०७ नम्बरको मोटरसाइकल र ४७ हजार ७ सय ७० रूपैयाँसहित धिमाल पक्राउ परेको एसपी लामिछानेले बताए।

‘हतियारसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रंगेलीमा बुझाएका छौं,’ एसपी लामिछानेले भने, ‘प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरु हतियार कारोबारी हुन सक्छन्।’ उनीहरुविरुद्ध हातहतियार खरखजना मुद्दा चलाउने प्रहरीको तयारी छ। प्रारम्भिक अनुसन्धानबाट दुवै जना हतियारका कारोबारी भएको पत्ता लागेको छ।

प्रकाशित: ६ भाद्र २०७९ ०९:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App