१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

महिला क्रिकेटमा बागमती प्रदेशले कास्य जित्यो

बागमती प्रदेशले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिलातर्फको खेलमा कास्य पदक हात पारेको छ।  

पोखरा रङ्गशालामा तेस्रो स्थानको लागि आज भएको खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गर्दै कास्य पदक जितेको हो। जितको लागि ८८ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले १६ दशमलव १ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।

बागमतीको लागि सुमन खतिवडाले २१ बलमा ६ चौका र १ छक्कासहित ४१ रनको योगदान दिइन । त्यसैगरी अस्मिता खरेल ३२ बलमा २ चौकासहित २० रनमा आउट भइन्। कन्चन श्रेष्ठले २० बलमा १० रन जोड्दै बाहिरिन । अनिशा मजाकोटी २१ बलमा १ चौकासहित १० रनमा अविजित रहिन्।  लुम्बिनी प्रदेशकी कृतिका मरासिनीले २ विकेट लिइन् भने सुस्मिता भुषालले एक विकेट झारिन।  

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८७ रनको योगफल बनाएको थियो। लुम्बिनीको लागि कप्तान सरस्वती घर्तीमगरले ३६ बलमा ३ चौकासहित सर्वाधिक ३० रन बनाइन । लक्ष्मी चौधरीले २ रन जोड्दा आश्मा पुलामी मगरले ८ रन बनाइन। रन्जु श्रेष्ठले ५ रन जोडिन। बागमतीकी विपिशा शाहीले ४ विकेट लिइन् भने खुशी डङ्गोलले तीन तथा सोनी पाख्रिनले २ विकेट झारिन। 

प्रकाशित: १ कार्तिक २०७९ १२:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App