६ आश्विन २०८१ आइतबार
image/svg+xml

चुनौतीसँगै खुल्दै अवसरका ढोका

सुनसरी–मोरङ औद्योगिक करिडोरमा औद्योगीकरणको सम्भावना धेरै भए पनि सम्भावनाअनुसार उद्योगको विकास हुन सकिरहेको छैन। पुराना उद्योग बन्द हुने र नयाँ उद्योग स्थापना नहुने क्रम पछिल्ला वर्षमा देखिएको छ।

बेपत्ता वृद्धाको शव खोला किनारमा फेला

मृतक वृद्धा बोल्न र सुन्न सक्दैन थिइन्। यसअघि पनि प्रायः घर छाडेर बेपत्ता हुने गरेकी थिइन्। बेपत्ता भएकी वृद्धाको खोजी गर्ने क्रममा सडेर दुर्गन्धित र किरा परेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

युरेनियम खोजीमा प्रहरीको विशेष ब्युरो सक्रिय

भारतीय सुरक्षा अधिकारीले नेपालमा २७ केजी युरेनियम रहेको दाबी गरेका छन्। भारतीय टोलीले युरेनियम फेला नपारेपछि नेपाल प्रहरीको टोली त्यसको खोजीमा सक्रिय भएको हो। सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोका अधिकारीले यो विषयमा आफूहरू नलाग्ने बताएपछि भारतीय सुरक्षा अधिकारीले नेपाल प्रहरीको विशेष ब्युरोलाई अनुसन्धानमा सघाउन आग्रह गरेको हो।

लुम्बिनी प्रदेश गौरव आयोजना अलपत्र

लुम्बिनी प्रदेश गौरव आयोजना झुम्सा–चरङ्गे सडक अलपत्र परेको छ। पाँच वर्ष बितिसक्दा समेत लुम्बिेनी प्रदेश गौरव आयोजना झुम्सा–चरङ्गे सडक सम्पन्न हुन नसक्दा आयोजना अलपत्र बनेको हो।

एक वर्षमा १९ जना स्टार्टअप बने उद्यमी

एक वर्षसम्म २० वटा स्टार्टअप व्यवसायहरुलाई निःशुल्करुपमा व्यवसायीक योजना तर्जुमा, मार्गदर्शन एवं परामर्श, अनुसन्धान र प्रयोगशाला परीक्षण सहजीकरण, सञ्जालीकरण र अन्तरक्रिया, व्यवसाय दर्ता, कानूनी एवं प्रशासनिक परामर्श, वित्तीय पहुँचका लागि लगानीकर्ता तथा बैंक एवं वित्तीय संस्थाहरु समक्ष समन्वय तथा सहजीकरण गरेको थियो।

बन्द उद्योग सञ्चालनका लागि कर नीति परिमार्जन गर्न माग

मोरङका उद्योगी व्यवसायीले बन्द भएका जीआइ वायर, बनस्पति घिउलगायतका उद्योग सञ्चालनका लागि करनीति परिमार्जन गर्न माग गरेका छन्।

सामूहिक बलात्कार आरोपमा २ जना कराँते प्रशिक्षक पक्राउ

पक्राउ परेका दुवै जनाले १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घरभित्रै जलेको अवस्थामा वृद्धाको शव फेला

वृद्ध महिला घरभित्रै आगोले जलेर मृत्यु भएको अवस्थामा शव फेला परेको मोरङ प्रहरीले जनाएको छ।

प्रदेशको नामाकरणमा मुख्यमन्त्रीको अभिव्यक्ति खेदजनकः एमाले

मुख्यमन्त्रीको पदमा बसेर साम्प्रदायिकता भड्काउने, तथा नामाकरण गर्ने महत्वपूर्ण जिम्मेवारीबाट पन्छिन खोजेको ठहर गर्दै त्यसप्रति खेद व्यक्त गरेको हो।

आठ ट्रक सुपारी प्रहरी नियन्त्रणमा

युपी ४५ टी १६२४, एमपी ०९ एचजी ८३२०, एमपी २२ एच १०३१, युपी ५० बिटी ७२७७, युपी ६२ बिटी ८१२१, युपी ५४ टी ६४२९, युपी ५० एटी ३१५८ र युपी ६२ सिटी ०६२७ नम्बरको भारतीय ट्रकसहित नियन्त्रणमा लिइएको सुपारीको नेपाली मूल्य साढे ८ करोड रूपैयाँ बराबर रहेको प्रहरीको भनाइ छ।

विस्थापित परिवारलाई परिवार पाल्नका लागि चिन्ता

‘कुन बेला के हुने हो? कुनै टुङ्गो छैन,’ विस्थापित परिवारकी कृष्णमाया श्रेष्ठले भनिन्, ‘माओवादीबाट विस्थापितलाई त सरकारले पनि सहयोग गरेको सुनेको थिइम्। हामी पनि आशै आशमा बिताइरहेका छौं।’

मोरङको पेट्रोल खानी गौचरणमा परिणत

सन् २०१९ देखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण कार्य अघि बढाइएको छ। तर कुनैपनि ठाउँमा सरकारले गहन अनुसन्धान र अध्ययन गर्न नसक्दा सञ्चालन र सदुपयोग हुन सकेका छैनन्। सरकारले सञ्चालनको लागि चासो र उत्सुकता नदेखाउँदा आफ्नै देशमा भएको पेट्रोल खेर गइरहेको छ।

छुट्टाछुट्टै स्थानमा २ जना पुरुष मृत फेला

मोरङको विराटनगर र रंगेलीमा मृत अवस्थामा २ जना पुरुष फेला परेका छन्। विराटनगरमा किरा परेको अवस्थामा शव भेटियो भने रंगेलीमा एक जना युवकको खोलामा डुबेर मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्