२ असार २०८१ आइतबार
image/svg+xml
समाज

जन्तीमाथि आक्रमण, मोटरसाइकलमा आगजनी

मोरङको सुनवर्षीबाट जहदा आएको जन्तीलाई मंगलबार बिहानका राति आक्रमण गरिएको छ। सुनवर्षी नगरपालिका–९ डाँइनियाबाट बेहुलासहित जन्ती जहदा गाउँपालिका–२ मझारेस्थित बुदन मण्डल गुनगाईंको घरमा आउँदै गर्दा बीच बाटोमै आक्रमणमा परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

जन्ती आउँदै गर्दा विवाह घर नपुग्दै बीच बाटोमा स्थानीय युवाहरु ६/७ जनाको समूहले बिहान १ बजेतिर गाडी रोकेर आक्रमण गरेको हो। आक्रमणमा परी जन्ती पक्षका ३ जना घाइते भएका छन् भने को १८ प ७५४१ नम्बरको मोटरसाइकलमा आगजनी गर्दा जेलर पूरै क्षति भएको डिएसपी श्रेष्ठले बताए।

स्थानीयको आक्रमणबाट जन्तीपक्षका २३ वर्षीय मिथिलेश झा, २४ वर्षीय रोहित सिंह गनगाईं मण्डल र २४ वर्षीय प्रकाश साह घाइते भएका छन्। उनीहरु सुनबर्षी–९ का हुन्। घाइतेहरुको शरीरका विभिन्न ठाउँमा चोट लागेको र उनीहरुको कोसी अस्पतालमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न भएको आशंकामा जहदा गाउँपालिका–२ का २३ वर्षीय विकास मण्डल गनगाईं र कटहरी गाउँपालिका–२ कदमगाछीका ४० वर्षीय श्याम यादव पक्राउ परेका छन्। त्यस्तै, जहदा–२ का २० वर्षीय धिरज मण्डल गनगाईं, २२ वर्षीय दीपक पासवान, २२ वर्षीय विश्वजित मण्डल गुनगाईं र २० वर्षीय दीपेन मण्डल गुनगाईंलगायतको समूहले आक्रमण गरेका थिए।

'जन्तीमाथि आक्रमण गरी उनीहरु फरार भएको हुँदा विवाह कार्यमा कुनै किसिमको अवरोध नभइ बेहुला पक्षले बेहुली लिएर गएका छन्, डिएसपी श्रेष्ठले भने। घटनाको अनुसन्धान थालिएको र घटनामा संलग्न भइ फरार भएकाहरुको खोजी भाइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ असार २०७९ १३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App