९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

एक वर्षमा १९ जना स्टार्टअप बने उद्यमी

स्टार्टअप ग्राजुएशन कार्यक्रममा सहभागिहरू।

उद्योग संगठन मोरङले गतवर्ष सुरु गरेको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम अन्तर्गत पहिलो ब्याचको ग्रयाजुएशन समारोह सम्पन्न भएको छ। उद्योग संगठन मोरङले आज  आयोजना गरेको ग्रयाजुएशन समारोहमा  एक वर्षको अवधिमा १९ जना  ग्राजुएशन भएको जनाएको छ।

जसमध्ये  ७ जना नयाँ उद्यमी समारोहमा सहभागि भएका थिए। उद्योग संगठन मोरङले एक वर्षसम्म २० वटा स्टार्टअप व्यवसायहरुलाई निःशुल्करुपमा व्यवसायीक योजना तर्जुमा, मार्गदर्शन एवं परामर्श, अनुसन्धान र प्रयोगशाला परीक्षण सहजीकरण, सञ्जालीकरण र अन्तरक्रिया, व्यवसाय दर्ता, कानूनी एवं प्रशासनिक परामर्श, वित्तीय पहुँचका लागि लगानीकर्ता तथा बैंक एवं वित्तीय संस्थाहरु समक्ष समन्वय तथा सहजीकरण गरेको थियो।

स्टार्टअपहरुलाई व्यवसायिक योजना अनुरुप आवश्यक पर्ने प्राविधिक विषयहरुमा मेन्टरसिप, कोचिङ तथा परामर्श सेवा, नेटवर्क विस्तारका साथै बुट क्याम्पको आयोजना गरिएको थियो। जसअन्तरगत विजनेश क्यानभास मोडेल, विजनेश हेल्थ चेक अप, उपभोक्तासँग साक्षात्कार गराउन हाटबजार एवं विभिन्न विषयगत कार्यक्रमहरु आयोजना गरी परामर्श सेवा उपलब्ध गराइएको थियो। पहिलो वर्षको अनुभवहरुबाट सिक्दै चालु वर्षका लागि थप २० जना स्टार्टअपका लागि प्रस्ताव समेत आह्वान गरिएको उद्योग संगठन मोरङले जनाएको छ।

उद्यमी बन्ने नयाँ सोच भएका २ वर्षदेखि सञ्चालनमा रहेका नविन सोच भएका युवा उद्यमीहरूले भादौ १० गते भित्र उद्योग संगठन मोरङमा निवेदन दिन सक्नेछन्।  कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकार उद्योग श्रम तथा रोजगार मन्त्रालय, विराटनगर महानगरपालिका, स्विस कन्ट्याक्ट, आसामान नेपाल, पूर्वाञ्चल विश्व विद्यालय, अन्तरप्रेरणा प्रा.लि, नबिल बैंक लिमिटेड, नेपाल युवा उद्यमी मञ्च लगायतका संस्थाहरुसँगको सहकार्य गरिएको उद्योग संगठन मोरङले जनाएको छ।

प्रकाशित: ११ श्रावण २०७९ १५:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App