६ आश्विन २०८१ आइतबार
image/svg+xml

सुजताद्वारा विराटनगरमा गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन आग्रह

नेपाली काँग्रेसकी नेतृ सुजता कोइरालाले मोरङको विराटनगरमा गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन प्रधानमन्त्रीसँग आग्रह गरेकी छन्।

लाखौं रकम हिनामिना गरेको आरोपमा सहकारीका कर्मचारी पक्राउ

बचत कर्ताको लाखौं रूपैयाँ हिनामिना गर्ने सहकारीका एक जना कर्मचारीलाई प्रहरीले मोरङको सुन्दरहरैँचाबाट शुक्रबार पक्राउ गरेको छ।

श्रीमतीलाई आगो लगाइ हत्या, श्रीमान् पक्राउ

पत्नीलाई आगो लगाइ हत्या गरेको आरोपमा मोरङको रंगेली नगरपालिका–१ बिर्ता बजारमा २३ वर्षीय तिलका मल्लिकलाई प्रहरीले पक्राउ गरेको छ।

ट्रकमा स्कुटर ठोक्किँदा १ को मृत्यु, २ जना घाइते

पूर्व-पश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका–४ बेतनामा ३ जना सवार स्कुटर मंगलबार राति ट्रकमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ। स्कुटरमा सवार अन्य २ जना गम्भीर घाइते भएका छन्।

एएफसी एसियन कप छनोटः नेपाल जोर्डनसँग पराजित

एएफसी एसियन कप, २०२३ छनोटको तेस्रो चरणअन्तर्गत समूह ‘ए’ को खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ। कुवेतको जबेर अल अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा जोर्डनले नेपाललाई २–० गोल अन्तरले हराएको हो।

आज सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन

आज जेठ १५ गते। राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस।

चिकित्सकको मोटरसाइकलमा आगजनी

अस्पताल परिसरमा पार्किङ गरी राखेको अवस्थामा चिकित्सकको मोटरसाइकल अगजनी भएको छ। विराटनगरस्थित कोसी अस्पतालमा कार्यरत चिकित्सक रविनराज सिंहको मोटरसाइकल शुक्रबार बिहान अढाइ बजेतिर आगजनी भएको हो।

मोरङका १३ पालिकाको परिणाम:कांग्रेस ७ र एमाले ६ स्थानमा निर्वाचित

मोरङको कटहरी, जहदा, धनपालथान, बुढीगंगा, मिक्लाजुङ, ग्रामथान र रतुवामाई नगरपालिकाको प्रमुख/अध्यक्षमा कांग्रेस उम्मेदवार निर्वाचित भएका छन्। यस्तै लेटाङ, केराबारी, उर्लाबारी, कानेपोखरी, सुनवर्षी र बेलबारीको प्रमुख/अध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित भएका छन्।

मोरङका ९ स्थानीय तहको मतपरिणाम सार्वजनिक

मोरङमा अन्तिम मतपरिणाम सार्वजनिक भएका ९ स्थानीय तहमध्ये ५ स्थानमा कांग्रेस र ४ स्थानमा एमालेका उमेदवार निर्वाचित भएका छन्।

सुनवर्षीमा एमाले विजयी

मोरङको सुनवर्षी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उमेदवार विजयी भएका छन्। मेयरमा एमालेका श्यामप्रसाद राजवंशीले ८ हजार ६ सय ३९ मत प्राप्त गदै निर्वाचित भए।

मोरङमा मतगणना सुरु: कानेपोखरीमा एमालेको अग्रता

मोरङमा मत गणना सुरु भएको छ। मोरङको कानेपोखरी गाउँपालिकामा एमालेको अग्रता लिएको छ। प्रारम्भिक मत गणनामा अध्यक्ष र उपाध्यक्षमा एमालेले अग्रता लिएको छ।

प्रदेशसभा सदस्यले मतदान गर्न पाइनन्

स्थानीय तहका लागि मोरङमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। बिहान पानी परेका कारण केही स्थानमा ढिला गरी मतदान सुरु भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्