coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सुजताद्वारा विराटनगरमा गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन आग्रह

नेपाली काँग्रेसकी नेतृ सुजता कोइरालाले मोरङको विराटनगरमा गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन प्रधानमन्त्रीसँग आग्रह गरेकी छन्।

आज काठमाडौँमा नेपाल ट्रेड युनियन काँग्रेसले आयोजना गरेको स्व.नेता गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रममा बोल्दै उनले विराटनगरको जुटमिलमा रहेको १४ कठ्ठामा बनेको भवनलाई गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन माग गरेकी हुन्।

उनले उक्त भवनमा अहिलेपनि ऐतिहासिक सामग्रीहरु रहेको उल्लेख गर्दै त्यसलाई संग्रहालय बनाउन आवश्यक रहेको बताइन्। नेतृ कोइरालाले संग्रहालय बनाउनसके नेपाली काँग्रेसका लागि ठूलो इतिहास बन्ने दाबी गरिन्।

उनले भनिन्, ‘जुटमिलमा एउटा १४ कठ्ठाको बिल्डिङ छ त्यसलाई म्यूजियमको रुपमा बनाऔँ। त्यहाँ यस्ता सामग्रीहरु छन्, जुन आज कसैले पनि कतै ती सामग्री पाउनुहुन्न। विदेशबाट त्यो बेलामा ल्याएको सामग्री अहिलेसम्म त्यहाँ यथावत छ। हामीले म्यूजियम बनायौँ भने यो नेपाली काँग्रेसको एउटा ठूलो इतिहास बन्नसक्छ। अहिले प्रधानमन्त्री नेपाली काँग्रेसको हुनुहुन्छ, उहाँले त्यसलाई संग्रहालयको रुपमा अघि बढाउनु हुनेछ भन्ने चाहना छ। ऐतिहासिक सामग्रीहरु छन्। यसलाई छिटोभन्दा छिटो अघि बढाउँ।’

नेतृ कोइरालाले नेपाली काँग्रेसबाट प्रधानमन्त्री भइरहेको यो बेलामा संग्रहालय बनाउन सहज हुने र सरकारले सहयोग गर्नेमा आशावादी रहेको बताइन्।

प्रकाशित: २१ असार २०७९ ०६:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App