१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सुनवर्षीमा एमाले विजयी

मोरङको सुनवर्षी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उमेदवार विजयी भएका छन्। मेयरमा एमालेका श्यामप्रसाद राजवंशीले ८ हजार ६ सय ३९ मत प्राप्त गदै निर्वाचित भए।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका यज्ञबहादुर कार्कीले ६ हजार ९ सय ५३ मत प्राप्त गरेका छन्। उपप्रमुखमा पनि एमालेकै मिरा देवी दास केवरतले ८ हजार ३ सय ३ मत ल्याउँदै निर्वाचित भइन्। कांग्रेसकी विमला देवी केवरतले ७ हजार ४ सय २७ मत ल्याएकी छिन्।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसले मेयर र उपमेयर दुवैमा जितहाँसिल गरेको थियो। सुनवर्षीका वडाहरूमा कांग्रेस र एमालेले बराबर स्थान जितेका छन् कांग्रेसले ४ वटा वडामा जित हाँसिल गरेको छ भने एमालेले पनि त्यति नै वटा वडामा जित हाँसिल गरेको छ। यस्तै नेकपा माओवादी कैन्द्रले १ स्थानमा जित हाँसिल गरेको छ।

प्रकाशित: ४ जेष्ठ २०७९ ११:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App