६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

लाखौं रकम हिनामिना गरेको आरोपमा सहकारीका कर्मचारी पक्राउ

बचत कर्ताको लाखौं रूपैयाँ हिनामिना गर्ने सहकारीका एक जना कर्मचारीलाई प्रहरीले मोरङको सुन्दरहरैँचाबाट शुक्रबार पक्राउ गरेको छ।

सुन्दरहरैँचा नगरपालिका–६ स्थित कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको गोठगाउँ सेवा केन्द्रका सहायक कर्मचारी सुन्दरहरैँचा–७ गोठगाउँका २४ वर्षीय विवेक भुजेललाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

सहकारीका सचिव यमप्रसाद सिग्देलको जाहेरीका आधारमा भुजेललाई पक्राउ गरी अनुसन्धान अघि बढाएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। पक्राउ परेका खवास सहकारीको काउण्टरमा बस्दै आएका थिए।

बचत कर्ताले आफ्नो खातामा रकम नभएको थाहा पाएपछि सहकारीलाई गुनासो गरेका थिए। उनीहरुले गुनासो गरेपछि सहकारीले सचिव सिग्देलसहित लेखा समिति संयोजक युवराज आचार्य र लेखा प्रमुख विराटचन्द्र पोखरेल सम्मिलित ३ सदस्य छानबिन समिति बनायो।

समितिले बचत कर्ताको ४६ लाख ८७ हजार ९ सय ८० रूपैयाँ सहकारीको काउण्टरमा भुजेलले हिनामिना तथ्य पत्ता लगाए। प्रहारीका अनुसार बचत कर्ताको रकम सफ्टवेयरमार्फत सहकारीमा जम्मा भएको देखाउने तर पैसा भने नक्कली हस्ताक्षर गरेर खवास आफैंले लैजाने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घोटाला गरिएको मध्ये करिब १० लाख रूपैयाँ फिर्ता गरिसकेका छन्। बाँकी रहेको रकमका बारे खोजी भइरहेको प्रहरीले जनाएको छ। भुजेलविरुद्ध सहकारी ठगी कसुरमा कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।

प्रकाशित: १८ असार २०७९ १३:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App