coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सेमिफाइनलको यात्रामा सिद्राहा

विराटनगरमा जारी मुस्ताङ विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा सिद्राहा भेट्रान क्लब प्रवेश गरेको छ। आइतबार राति भएको खेलमा मोरङको ग्रामथान गाउँपालिकाको सिद्राहा भेट्रान क्लबले सुनसरीको दुहबी भेट्रान क्लबलाई पराजित गरेको हो।  

सिद्राहाले दुहबीलाई टाइब्रेकरमा ३–१ गोल अन्तरमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ। खेलको निर्धातिर समयमा दुवै टोलीबाट २–२ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको हो। सिद्राहाले दुहबीलाई अधिकांश समय दबाबमा राखेर खेले पनि जित निकाल्न टाइब्रेरसम्म जानु पर्‍यो।

सिद्राहाका धनवीर चौधरी, अनन्त चौधरी र सुरजकुमार देवले गोल गरे भने विनय चौधरीको प्रहारलाई गोलरक्षकले विफल परे। दुहबीका लागि निरबहादुर आलेले मात्रे गोल गर्न सफल भने सुवास चौधरी, स्माइल रेन र जितेन्द्रकुमार सरदारको प्रहारलाई गोलरक्षकले रोके।  

खेलको ११ औं मिनेटमा म्यान अफ द म्याच हर्कराम गुरुङले डिबक्सभित्रबाट गरेको प्रहारलाई गोलरक्षकले उत्कृष्ट बचाउ गरे। ३३ औं मिनेटमा दुहबीका स्माइल रेनले गरेको प्रहारलाई गोलरक्षकलाई लाग्दै रिबाउण्ड भएको बलमा रुद्रबहादुर खड्काले गोल गर्दै अग्रता दिलाए। ४१ औं मिनेटमा सिद्राहा इश्वर चौधरीको पासमा बक्स नजिकबाट हर्कराम गुरुङले गरेको सिधा प्रहार गोलमा परिणत गर्दै बराबरी पारे।  

५६ औं मिनेटमा सिद्राहाका हर्करामको क्रसपासमा अनन्त चौधरीले गोल गरी टोलीलाई थप अग्रता दिलाए। ६५ औं मिनेटमा दुहबीका ३० यार्डमा पाएको फउलमामा स्माइ रेनले गरेको प्रहार सिधा गोल हुँदै खेल बराबरीमा ल्याए ।  

प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा विराटनगरको विराट मेघा भेट्रान क्लब ‘ए’ र विराटनगरकै हाटखोला भेट्रान क्लबबीच हुनेछ। 

प्रकाशित: १३ भाद्र २०७९ ०७:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App