८ वैशाख २०८१ शनिबार
अर्थ

निर्माण व्यवसायी संघ मोरङको अध्यक्षमा महेशकुमार मिश्र निर्विरोध

निर्माण व्यवसायी संघ मोरङको अध्यक्षमा महेशकुमार मिश्र निर्विरोध निर्वाचित भएका छन्। १६ औं अधिवेशनमा मिश्रसहित १४ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित भए।  

समितिको प्रथम उपाध्यक्ष ध्रुवराज कार्की, द्वितीय उपाध्यक्ष रमेश कोइराला, महासचिव उत्तमराज जोशी, सचिव राधेश्याम कट्टेल, कोषाध्यक्ष दाताराम पौडेल र सह–कोषाध्यक्षमा संजयकुमार यादव निर्विरोध निर्वाचित भएका हुन्।  

त्यस्तै कार्य समिति सदस्यमा नवीनप्रसाद दाहाल, धिरजप्रताब कार्की, राजकुमार कार्की (राजु), दुस्यन्त पौडेल, हरेराम कामत, भोजराज पोखरेल र बद्रीप्रसाद उप्रेती निर्विरोध निर्वाचित भए। संघको निर्वाचन अधिकृत रुपेश कोइरालाका अनुसार पदाधिकारीमा ७ र सदस्यमा ७ जना गरी १४ जनाको मात्रै उम्मेदवारी परेको थियो। १४ जनाले मात्रै उम्मेदवारी दर्ता गराएपछि अरु कसैको पनि दाबी विरोध नपरेको हुँदा उनीहरु निर्विरोध निर्वाचित भएको कोइरालाले जानकारी दिए।  

प्रकाशित: १८ पुस २०७९ १३:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App