२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

उद्योगी व्यवसायीले गरे ६ सुत्रिय माग राख्दै आन्दोलनको चेतावनी

फोटो क्याप्सनः ६ सुत्रिए मागबारे जानकारी दिंदै विराटनगरका उद्योगी व्यवसायीक संस्थाका पदाधिकारीहरू। तस्बिर: चुमन बस्नेत / नागरिक

विभिन्न ६ सुत्रिय माग राख्दै विराटनगरका उद्योगी व्यवसायीहरूले आन्दोलन गर्ने चेतावनी दिएका छन्। बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी उद्योगी व्यवसायीहरूले आन्दोलनको चेतावनी दिएका हुन्।  

मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले चर्को व्याजदर नियन्त्रणलगायतका माग पुरा नगरे पुनः सडकमा उत्रने चेतावनी दिए। मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले राज्यले आफूहरूका माग सम्बोधनमा वेवास्था गरे पुनः सडकमा उत्रन बाध्य हुने र फेरि पनि सडकमा उत्रनु परेको खण्डमा माग पुरा नहुन्जेल सडक नछाड्ने चेतावनी दिए।  ‘आफूहरूले उठाएका जायज माग सम्बोधन नगरे पुनः सडकमा उत्रन बाध्य हुने छौ’ रिजालले भने ‘पुनः आन्दोलनमा उत्रनुपरे माग पुरा नहुन्जेल सडक छाड्दैनौं।’ राष्ट्र बैंकले हालै मौद्रिक नीतिको समिक्षा गरी बैंकको स्प्रेड रेटलाई ४.४ प्रतिशतबाट ४ प्रतिशतमा झारे पनि त्यो प्रायप्त नभएको उद्योगीहरूले बताएका छन्। उनिहरूले बैंकहरूको स्प्रेड दरलाई सांढे ३ प्रतिशतमा झार्नुपर्ने माग राखेका छन्। यस्तै चालुपूँजी कर्जा २५ प्रतिशत लिन पाउने व्यवस्था व्यवहारिक नभएकाले दायरा बढाउन माग गरेका छन्।  

उद्योग संगठन मोरङका उपाध्यक्ष अशोक मुरारकाले भने ‘उद्योगहरूलाई कच्चापदार्थ ल्याउन नै ३ महिना लाग्ने देशमा चालु पूँजी कर्जा २५ प्रतिशत बनाउनु व्यवहारिक छैन।’ उनले चालुपूँजी कर्जाको दायरा  आगामी ३ वर्षका लागि बढाउनु पर्ने बताए। यस्तै आगामी ३ वर्षका लागि बैकको सिडी रेसियोको सट्टा सीसीडी रेशियोलाई आगामी ३ वर्षसम्म ९० प्रतिशत कायम गर्न, बैंकको वेसरेट घटाउन र एलसी डिस्काउन्टीङको व्यवस्थालाई निरन्तरता दिन उद्योगीहरूले माग गरेका छन्।  उद्योगी व्यवसायीले नेपालको अर्थतन्त्रको अवस्था कोभिड कालकोजस्तै धरासायी भएको बताएका छन्। उनिहरूले चर्को व्याजका कारण धेरै उद्योगहरू बन्दहुने अवस्थामा पुगिसकेको दाबी गरेका छन्।  

 

प्रकाशित: १४ मंसिर २०७९ १२:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App