१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

करेन्ट लागेर बुढीगंगामा एक जनाको मृत्यु

मोरङको बुढीगंगामा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ। जहदा गाउँपालिकामा पाइप विष्फोट हुँदा २ जना घाइते भएका हुन्। बुढीगंगा गाउँपालिका–२ मा घर निर्माणका लागि बाँस काट्ने क्रममा विद्युत्को हाइटेन्सन लाइनको तारमा बाँसले छुँदा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

विराटनगर महानगरपालिका–६ का ३० वर्षीय राम मण्डलको करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। मंगलबार दिउँसो करेन्ट लागी घाइते भएका मण्डलको विराट मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार बेलुका मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ। त्यसैगरी, जहदा गाउँपालिका–३ मा रहेको एक उद्योगमा पाइप विष्फोट हुँदा सप्तरीको विष्णुपुरका ३३ वर्षीय कृष्णकुमार साह र सप्तरी तिरुपका ४२ वर्षीय महेन्द्र साह घाइते भएको प्रहरीले जनाएको छ।

मंगलबार साँझमा निर्माणाधीन अवस्थाको कोसी विराट एग्रो नामक मिठाई बनाउने उद्योगको मेसिन जडान गर्ने क्रममा पाइप विष्फोट हुँदा २ जना घाइते भएको हुन्। उद्योगको कामदार रहेका घाइतेमध्ये कृष्णको अवस्था गम्भीर छ भने महेन्द्रको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइते दुवै जनाको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ र घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ कार्तिक २०७९ ०७:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App