८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

दोस्रो व्याचमा १७ उद्यमी छानिए

उद्योग संगठन मोरङले १७ जना स्टार्टअप उद्यमीलाई दोस्रो व्याचका लागि छनौट गरेको छ।  यसवर्ष १७ वटा नविन व्यवसायिक आइडियाहरुलाई स्टार्टअप उद्यमीका रुपमा छनौट गरेको उद्योग संगठन मोरङले जनाएको छ।

नविन सोच विचार तथा अवधारणा भएका यूवाहरुलाई उद्यमशिलतामा रुपान्तरणका लागी सहजिकरण गरि नयाँ व्यवसायहरुको श्रृजना गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्ने उद्देश्यले संगठनले गत वर्षदेखि सञ्चालन गरेको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम सञ्चालन गर्दै आएको छ।

यसवर्ष छानिएका नवउद्यमीहरुमा ६ जना महिला र ११ जना पुरुष छन्। छनौट भएका स्टार्टअपका लागि  ४ दिनको बुट क्याम्पसमेत सम्पन्न गरिसकेको छ। नव उद्यमीलाई सघाउनका लािग १८ जना मेन्टर, ५ जना विजनेश कोच र ६ जना स्टार्टअपफेलो समेत चयन गरिएको उद्योग संगठनले जनाएको छ।

कार्यक्रम अन्तरगत छनौट भएका स्र्टाटअपहरुको व्यवसायिक योजना तयारी, उपभोक्तासंग साक्षात्कार गराउन हाटबजार अध्ययनलगायत विभिन्न विषयगत कार्यक्रमहरुका माध्यमबाट १२ महिना व्यवासायिक सेवा उपलब्ध गराउँदै आवश्यक पर्ने लगानीमा समेत सहजिकरण गरिने कार्यक्रम रहेको संगठनका स्टार्टअप कार्यक्रमका समितिका संयोजक सुरेन्द्र गोल्छाले बताए।

प्रकाशित: १ कार्तिक २०७९ १२:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App