६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

ठगी आरोपमा ज्वेलर्स सचालक दम्पती पक्राउ

ब्याजको प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा मोरङको सुन्दरहरैँचा नगरपालिका–१० को कमला ज्वेलर्सका सञ्चालक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ। ज्वेलर्स सञ्चालक ४२ वर्षीय राजु विश्वकर्मा र उनकी श्रीमती ३८ वर्षीय कमला विश्वकर्मा पक्राउ परेका हुन्।  

सर्वसाधारणको ठूलो रकम ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। ब्याजको प्रलोभन देखाएर सर्वसाधारणलाई ज्वेलर्समा बचत गर्न लगाएर ८२ लाख रूपैयाँभन्दा बढी ठगी गरेको पाइएपछि उनीहरु पक्राउ परेको डिएसपी श्रेष्ठले बताए। उनका अनुसार १७ प्रतिशत ब्याज दिने भनेर प्रलोभनमा पार्दै ८२ लाख ७४ हजार ६ सय २ रूपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बचतकर्ताले रकम फिर्ताको माग गरेपछि पसल नै बन्द गरेर उनीहरु गत साउन १७ गतेदेखि फरार भएका थिए।  

प्रारम्भिक अनुसन्धानबाट ६५ जना सर्वसाधारणलाई ठगी गरेको खुलेको छ। सर्वसाधारणलाई कमला ज्वेलर्स बचत तथा ऋण सहकारी संस्थामा रकम बचत गर्न लगाई पासबुक बनाएर १७ प्रतिशत ब्याज दिने प्रलोभन देखाइएको पाइएको छ। त्यहाँ जम्मा गरिएको रकम फिर्ता माग्दा उनीहरुले विभिन्न बहाना बनाएर टार्दै गएको र केही समयपछि पसल बन्द गरेर फरार बनेका थिए।  

पक्राउ परेका विश्वकर्मा दम्पतीबाट अरु पनि सर्वसाधारण ठगिएको हुनसक्ने भएकाले अनुसन्धान भइरहेको र उनीहरुविरुद्ध ठगी मुद्दामा म्याद थप गरी प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ।  

प्रकाशित: १ मंसिर २०७९ १२:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App