९ आश्विन २०८१ बुधबार
image/svg+xml

मखमलीले मगमगाएको गुन्डुः छैन बजारको चिन्ता

बिहान फूल टिप्ने र दिउँसो माला उन्ने काम साउन यता स्थानीयहरुको दिनचर्या बनेको छ। किसानहरु एक/अर्कामा अर्मपर्म गरेर मखमलीको खेती गर्दछन्।

म्याग्दीका कोत घरहरुमा फूलपाती भित्र्याइयो (फोटोफिचर)

नवदुर्गाको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमी तिथिमा आज (आइतबार) म्याग्दीसहित देशैभरका कोतघरहरुमा फूलपाती भित्र्याइयो छ। बडादसैँको सातौ दिन देशैभरका कोतघर तथा पुजा कोठामा वैदिक विधिपूर्वक पुजाआजा गरी फूलपाती भित्र्याइयो हो।

हनुमान ढोकास्थित दशैँ घरमा भित्र्याइयो फूलपाती (फोटो फिचर)

आईतवार नेपालीहरुको महान चाड बडा दशैँ अन्तर्गत फूलपातीको अवसरमा कमलाक्षी, असन, जनबहाल, इन्द्रचोक, मख्खन हुँदै जमलेश्वर महादेवमा पनि फूलपातीको पूजा गरी हनुमान ढोकास्थित दशैँ घरमा फूलपाती भित्र्याइएको हो।

कालिकोटमा फूलपाती भित्र्याइयो

फुलपाती लिन सेना प्रहरी र सशस्त्र प्रहरी र स्थानीय बाजागाजा र दलबलसहित कोटदरबारमा रहेको दुर्गा मन्दिर पुगेका थिए।

छोराको उपचार गर्दागर्दै साढे १५ लाख ऋणसहित सुकुम्बासी बनेका दम्पतिको दर्दनाक व्यथा!

‘माया त लाग्छ नी, तर के गर्नु न हामी उसको उपचार गर्न सक्छौं, नत उसलाई सध्ये अवस्थामा देख्न नै सक्छौं’ मानसिक सन्तुलन गुमाएका छोराको उपचारमा श्रीसम्पत्ति गुमाए पनि छोराको दैनिकी सहज नहुँदाको पीडाले थलिएकी ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिका वडा नं २ फूलबारीकी नरमाया भट्टराईको यस्तो बिलौनाले जोे कोहीलाई भावुक बनाउँछ।

एघार महिनामा नेपालीले खाए १६ अर्बको फलफूल

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आवका ११ महिनामा १६ अर्ब रुपैयाँ बढीको कृषि तथा फलफूल आयात भएको पाइएको छ। मुलुकका दुई तिहाइभन्दा बढी जनता कृषिमा आश्रित रहेका र कूल गार्हस्थ्य उत्पादन (जिडिपी)मा कृषि क्षेत्रको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा समेत फलफूको आयातमा अर्बौं रकम बाहिरिरहेको छ।

सात महिनामा करिब सात अर्बको फलफूल आयात

चालु आर्थिक वर्षको पहिलो सात महिनामा फलफूलको आयात अकासिएको छ। सो अवधिमा ६ अर्ब ६० करोड ९१ लाख २८ हजार ६ मूल्य बराबरका आँप, सुन्तला, कागती, अंगुर र स्याउ आयात भएको हो।

एउटै गाउँबाट डेढ करोडको सुन्तला

म्याग्दी जिल्लाको समुन्द्री सतहबाट १ हजार २ सय मिटरदेखि १ हजार ६ सय मिटरको उचाइसम्म सुन्तला खेती हुने कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए। पछिल्लो समय विदेश गएर फर्किएका युवाहरू कृषक समूहहरू निर्माण गरी व्यावसायिक कृषि, फलफूलतर्फ आकर्षित हुँदै गएकाले उत्पादन बढेको अधिकृत पाण्डेको भनाइ छ।

हारिरहेको देश

कोदो, फापर, जौ र कागुनोलाई हेँला गरेर तागतका लागि ‘हर्लिक्स’ खोजेजस्तो, झरनाको पानी भन्दा कृत्रिम ‘जुस’ प्रिय ठानेजस्तो र ‘गुरुकूल’ बिर्सेर हरेक वर्ष लाखौँ रुपियाँ तिर्नुपर्ने अंग्रेजी स्कुललाई ‘ओन्डरफुल’ मानेजस्तो छ नेपाललाई हेप्ने र विदेशमात्र राम्रो देख्ने सोच।

नदीमा फूल तार्नेको भीड (फोटोफिचर)

हरिबोधनी एकादशीका अवसरमा पोखरा रामघाटस्थित सेतीनदी किनारमा सोमबार फूल तार्न ठुलो संख्यामा ब्रतालु पुगेका थिए। एकादशीमा सेतीनदी किनारमा भक्तजनको भीड लाग्ने गर्छ।

ल्हासा जाने मदनहरू

पचास लाखभन्दा धेरै युवाले पठाएको अर्बौँ रुपियाँबाट कर उठाएर गर्व गर्दै रमाएका छन्, सिंहदरबारका ठूला राहु र साहूहरू।

फूल टिप्न अर्मपर्म, युरोप–अमेरिका पुग्यो भक्तपुरको मखमली

मखमली फूलका साथै मकै, बोडी, भटमासलगायत गेडागुडी बारीमा सँगै रोप्न मिल्ने र आम्दानीसमेत राम्रै हुने भएकाले अहिले यहाँका किसान टनेल बनाएरै व्यावसायिक फूलखेतीतर्फ आकर्षित भएको उनको भनाइ छ।

तयार भयो तिहारको फूल (फोटोफिचर)

पोखरामा तिहारको बेला वर्षेनी सयपत्री फूलको माग ह्वात्तै बढ्छ। यो वर्षपनि माग उस्तै छ। समयमा वर्षा भएका कारण धेरै किसान योपटक फूल खेतीमा लागेका थिए। फूल खेती गरेका किसान यतिबेला तिहार नजिकिएसँगै धमाधम फूल टिप्न व्यस्त छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्