९ मंसिर २०८१ आइतबार
image/svg+xml

अब काठमाडौँमा बस्ने होइन, बस्तीबस्तीमा जाने होः माधव नेपाल

‘अब हामीले चुनावमा लाग्नुछ। चुनावका लागि नै संगठन बनाउनु छ। संगठन परिचालन गर्नुपर्नेछ। अब काठमाडौँ र सदरमुकाममा बस्ने होइन। अब बस्तीबस्तीमा जाने हो। त्यसका निम्ति को उठ्यो? ठूलो कुरा होइन। हाम्रो पार्टीका कलम चिन्हका उम्मेदवार उठे, उठेनन्? हामीले समानुपातिकमा सबै ठाउँमा उम्मेदवारी दिन्छौं। त्यसको निम्ति हामीेले प्रत्यक्ष निर्वाचन मात्रै होइन। समानुपातिक निर्वाचन पनि सँगसँगै हुने भएको हुनाले समानुपातिकको मतमा प्रतिनिधिसभामा पनि कलम छाप, प्रदेशसभामा पनि कलम छाप।'

सिङ्गो दलित बस्ती शौचालयविहीन

सप्तरीको डाँक्नेश्वरी नगरपालिका–५ तरहीस्थित सिङ्गो दलित मुसहर बस्ती अझै शौचालयविहीन छ। दलित समुदायको बाक्लै बसोबास रहेको उक्त बस्तीमा एउटा पनि शौचालय नहुँदा उनीहरू बस्ती नजिकैको खोलाको खोल्साखोल्सी, बाँसघारी र खेतबारीमा शौचका जाने गर्दछन्।

गरिबीका कारण विद्यालय छोड्दै बालबालिका

धनपुराको घरमा अहिले आमा बुबा, तीन दाजुभाइ र दुई बहिनी गरी सात जनाको परिवार छ। धनपुराका बुवा भने भारतको उत्ताखण्डमा, ज्याला मजदुरी गरी परिवारलाई छाक टार्ने जोहो गर्छन्। तर केही बालबालिकाको लागि भने नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ उत्तीकै सहारा बनेको पनि छ।

‘सरकार र दलबाटै उपेक्षा हुँदा छुवाछूत उन्मूलन भएन’

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्लिसिनाले नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको १६ वर्ष बितिसक्दा पनि राज्य र राजनीतिक दलहरूको उपेक्षाका कारण छुवाछूत उन्मूलन हुन नसकेको बताएका छन्।

तीन वर्षभित्र भूमिहिन दलितलाई आवास उपलब्ध गराइने

सरकारले तीन वर्ष भित्र सबै भूमिहिन दलितलाई आवास उपलब्ध गराउने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको दुवै सदनमा प्रस्तुत गरेकोे सरकारको आगामी आर्थिक वर्षको बजेटमा सो प्रतिवद्धता जनाइएको हो।

लहान मेयरमा नयाँ र पुराना अनुहारबीच प्रतिस्पर्धा

सत्ता गठबन्धनबाट मेयरको उम्मेदवार बनेका कांग्रेसका महेश चौधरी पहिलो ‘इनिङ’ का लागि एमालेका उम्मेदवार मुनि साह सुडीसँग प्रतिस्पर्धा गर्र्दैछन्। साह मेयरमा तेस्रो ‘इनिङ’ का लागि प्रतिस्पर्धा गर्दैछन्।

दलित वस्ती भन्छन्ः आश्वासन होइन, पानी दिनेलाई भोट दिन्छौं

म्याग्दीको बेनी नगरपालिका-५ पुरण्य गाउँमा दैनिक उम्मेदवारको लर्को छ। चुनावको मुखमा दैनिक जसो विभिन्न दलहरु आएर भोट माग्ने आउने गरेका छन्।

स्थानीय तहमा दलित प्रतिनिधित्व

स्थानीय तहमा प्रतिनिधि भएरमात्र दलित समुदायले भोग्दै आएको जातीय विभेद अन्त्य हुन्छ भन्ने सोच दिवासपना मात्रै हो ।

महानगरकै वडाहरूमा परेन दलित महिलाको उम्मेदवारी

ललितपुर महानगरपालिकासहित ललितपुर जिल्लाका विभिन्न स्थानीय तहमा दलित महिला सदस्यका लागि उम्मेदवारी नै नपरेको पाइएको छ।

विष्णुमायालाई सुनिरहँदा सबैका आँखा भिजे

राज्यले दिने सम्मान,पदक र विभूषण कति अयोग्य र असक्षमको गर्धनमा झुन्डिएको छ तर विष्णुको गलामा झुन्डिन पाए मात्रै कति पदकले आफै इज्जत पाएको अनुभूत गर्थे होला। सम्मान गर्ने संस्कृतिले सम्मान पाउने संस्कृति निर्माण गर्छ।

दलित समुदायप्रति अझै विभेद कायमैः आयुक्त पुर्कुटी

राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटीले समाजमा दलित समुदायप्रति हुँदै आएको विभेद र असमानता अझै हट्न नसकेको गुनासो गरेका छन्।

दलित महिला हत्याको आरोपमा सर्लाहीमा तीन युवक पक्राउ

मुख्य अभियुक्त साहले योजना बनाएर महिलालाई घरबाट लिएर गएको र दुई जनालाई पैसाको लोभ देखाएर योजना बनाई तिनै जनाले मिलेर हत्या गरेको सर्लाही प्रहरीको भनाइ छ।

जातीय विभेद अन्त्य गर्न जुट्दै दलित महिला

समाजमा रहेको जातीय विभेद अन्त्य गर्न जुम्ला कनकासुन्दरी गाउँपालिकाका महिला एकैथलोमा उभिएका छन्। उनीहरुले गाउँपालिकामा दलित महिला सञ्जाल गठन गरेर समाजमा व्याप्त जातीय विभेद लगायतका विकृतीका बारेमा आवाज उठाउन थालेका हुन्।

दलित आन्दोलनमा डायस्पोरा

अहिले युरोप, अमेरिका तथा अस्ट्रेलियामा मात्र दलित संख्या १२ हजार भन्दा बढी छ। उनीहरूले नेपालको दलित आन्दोलनमा पुर्‍याएको योगदान अतुलनीय छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्