खुम्चिँदै पदमार्ग, अन्नपूर्ण फेरोको पदयात्रा २८ बाट ५ दिनमा झर्यो
अन्नपूर्ण फेरोको पदयात्रा पर्यटन क्षेत्रमा कहलिएको रुट हो। कुनैबेला विश्वकै उत्कृष्ट पदमार्गको सूँचीमा यो रुट अटाउँथ्यो। तर, अहिले भने गाडीको यात्राले फेरोको पदयात्रा अवधि घटेको छ। पदयात्रा अवधि मात्र नभई फेरोको पदयात्रामा जाने पर्यटक पनि घटाउँदै लगेकोमा व्यावसायीको चिन्ता छ।