५ आश्विन २०८१ शनिबार
image/svg+xml

भारतबाट खसीको तस्करी

बन्दाबन्दीको समयमा नेपाल र भारत दुवैतिरबाट औपचारिकरुपमा आवतजावत बन्द रहेको भए पनि खसीको तस्करी हुने गरेको पाइएको छ । रौतहट प्रहरीले एकै रातमा साढे सात लाख रुपैयाँ मूल्य बराबरको तस्करीको खसी बरामद गरेपछि लुकीछिपी तस्करी हुने गरेको रहस्य खुलेको हो ।

सीमा सिल, तस्करी जारी

कोरोना भाइरस (कोभिड–१९)को बिश्वब्यापी त्रासबीच नेपाल र भारत दुबै देशमा लागू भएको लकडाउन बिस्तारै खुकुलो हुने क्रममा रहे पनि सीमा भने अझै सिल नै रहेको छ । गत चैत ११ गतेदेखि जारी लकडाउनसंगै सीमा बन्द भएको कारण नेपालबाट भारततर्फ र भारतबाट नेपालतर्फ ब्यपारिक कार्गो बाहेकको आवागमन बन्द रहेको अवस्थामा तस्करी भने रोकिएको छैन ।

सुर्तीको मूल्य पाँच गुणा बढी, सीमा क्षेत्रमा तस्करी बढ्यो

लकडाउनका कारण बजारमा सुर्तीको मूल्य पाँच गुणा बढेको छ। १० रुपैयाँ पर्ने सुर्ती यतिबेला ५० रुपैयाँमा बिक्री भैरहेको छ। लामो लकडाउनसँगै बजारमा सुर्तीको अभाव भएपछि मूल्य ह्वात्तै बढेको हो।

लकडाउनमा काठ तस्करी बढ्यो

बराहताल गाउँपालिका–१० लेखगाउँको सृजना सामुदायिक वनबाट डिभिजन वन कार्यालय सुर्खेतले शुक्रबार राति सालका दुई सय क्युफिट चिरान काठ बरामद गर्‍यो। काठ तस्करहरुले सामुदायिक वनभित्रको सिमलचौर खोला नजिकै अस्थायी सःमिलसमेत सञ्चालन गरेको पाइयो। डिभिजन वन कार्यालयको टोलीले रुख काट्न र चिर्न प्रयोग हुने औजार बरामद गरेपनि तस्करहरु भने पक्राउ गर्न सकेन्।

मदिरा तस्करबाटै लखेटिए डिआईजी कार्यालयका हवल्दार

लकडाउनको मौका छोपेर प्रहरीकै संलग्नतामा यति खेर सप्तरीका सीमा नाकाहरुमा मदिरा तस्करहरु खुलेआम सक्रियता वढाउन थालेका छन् । कोरोना भाईरस(कोभिड–१९)को जोखिम न्यूनिकरणका निम्ती पछिल्लो डेढ महिना लामो समयदेखि मुलुक लकडाउनको अवस्थामा छन् ।

लकडाउनको मौका छोपेर निकुञ्ज क्षेत्रमा चोरी तस्करी

कोरोना भाइरसको महामारीका कारण विश्वनै मानवीय संकटमा रहेको बेला चोरी तस्करी गर्नेले यस्तै मौकालाई फाइदा उठाउन लागेको पाइएको छ।

लकडाउनको मौका छोपी काठ तस्करी

विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरसको माहामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्वारा गरिएको लकडाउनको मौका छोपी कैलालीमा काठ तस्करीको क्रम बढेको छ।

शक्ति आडमा काठ तस्करी

‘वन फँडानी र काठ तस्करीमा सामुदायिक वनका पदाधिकारी, जनप्रतिनिधि तथा राजनीतिक दलसँग आबद्ध व्यक्तिसमेत संलग्न छन्। हरियो वन नेपालको धन’ भन्ने उखान अहिले तस्करीको धनमा परिणत भएको छ। यही अवस्था रहे वन सखाप हुन धेरै समय लाग्दैन।’

फलामभित्र राखेर सुन तस्करी

सोमबार बिहानै काठमाडौंबाट वीरगन्ज जाँदै गरेको यात्रुबाहक बस हेटौंडाको रातामाटेमा जाँचका क्रममा शंका लागेर बरामद गरिएको फलामे पाताभित्र ६ किलो सुन बेरेर तस्करी गर्न लागिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

'सुरक्षाकर्मीको मिलोमतोमा' चरेस तस्करी

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ग्रामिण नाकाहरुमा रहेका इकाईहरुलाई प्रभावमा लिई प्रतिबन्धित लागुऔषध चरेसको तस्करी भइरहेको खुलेको छ। नेपालबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बिभिन्न सुरक्षा घेरा नाघ्दै भारतमा प्रवेश गरेको स्कोरर्पियो गाडीमा २ वटा व्यागमा ५ सय ग्रामको १ सय वटा प्याकेटमा लागुऔषध चरेस प्याक गरिएको अवस्थामा भारतमा फेला परेको छ।

विकासका नाममा थप पातलिँदै चारकोसे जंगल

पूर्वको चारकोसे जंगल शृंखलाबद्ध रूपमा काठ तस्करी गर्ने गिरोहबाट निरन्तर पीडित। जातीय समूहले पनि जंगलक्षेत्रको जग्गा अतिक्रमण र रुख कटानको कामलाई निरन्तरता दिइरहेकै छन्।

तस्करीमा संलग्न प्रहरीलाई कारबाही

नेपाल–भारत सीमास्थित प्रहरी युनिटमा कार्यरत दुई प्रहरी चौकी प्रमुखलाई कारबाही गरिएको छ। नेपाल–भारत सीमामा हुने तस्करीमा संलग्न भएको आरोपमा प्रदेश प्रहरीले दुई प्रहरी चौकी इन्चार्जलाई कारबाही गरी प्रदेश प्रहरी कार्यालयमा तानेको छ।

तस्करीमा संलग्न दुई प्रहरी कारबाहीमा

नेपाल भारत सीमाको प्रहरी युनिटमा कार्यरत दुई प्रहरी चौकी प्रमुखमाथि कारबाही गरिएको छ। नेपाल भारत सीमामा तस्करी गराएको आरोपमा प्रदेश प्रहरीले दुई प्रहरी चौकी इन्चार्जलाई कारबाही गरी प्रदेश प्रहरी कार्यालयमा तानेको छ।

ठूलो मात्रामा तस्करीको केराउ बरामद, एक जना पक्राउ

रौतहटको मठिया नाकाबाट प्रहरीले एक जना भारतीय तस्करसहित ठूलो परिमाणमा तस्करीको केराउ(मटर) नियन्त्रणमा लिएको छ।

नेपालमा मूल्य बढेपछि भारतबाट प्याज तस्करी

भारतीय सहर खुटौनाबाट ठाढी भन्सार नाका हुँदै लहानतर्फ ल्याउँदै गरेको तस्करीका प्याजसहित तीन वटा भारतीय जीप प्रहरीले नियन्त्रणमा लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्