१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सीमा सिल, तस्करी जारी

कोरोना भाइरस (कोभिड–१९)को बिश्वब्यापी त्रासबीच नेपाल र भारत दुबै देशमा लागू भएको लकडाउन बिस्तारै खुकुलो हुने क्रममा रहे पनि सीमा भने अझै सिल नै रहेको छ । गत चैत ११ गतेदेखि जारी लकडाउनसंगै सीमा बन्द भएको कारण नेपालबाट भारततर्फ र भारतबाट नेपालतर्फ ब्यपारिक कार्गो बाहेकको आवागमन बन्द रहेको अवस्थामा तस्करी भने रोकिएको छैन ।

बैध ब्यपार हुने मालवाहक सवारी र आवागमन नियमनकारी ढँगले आवश्यक्त अनुसार खोलिए पनि यसमा दुबै देशको औपचारिकतामा कडाई छ । यस्तोमा तस्करहरु भने नेपाल भारत सीमालाई यतिखेर अवसर बनाउन लागि परेको पछिल्लो तथ्यहरु बताउँछन् । प्रहरीकै कारवाहीको क्रममा यस्तो तथ्य फेला परेको छदैछ, सीमावर्ती गाउँका बासिन्दाहरुका अनुसार सीमामा भइरहेको पाइएको छ । भारतमा दिन–प्रतिदिन कोरोना संक्रमणको ‘ग्राफ’ तीव्र रुपमा बढीरहेको बेला सीमा आरपार तस्करीका समान ओसारपसार गर्ने मानिसहरुले संक्रमण समुदायतिर पनि फैलिने खतरा बढाउन सक्ने जोखिम बढेको छ । अहिले नेपालमा प्रायः क्वारेन्टिनमा संक्रमण देखिएको छ ।

तजा एउटा घट्नामा ट्याक्टरमा डिजेल लोड गरी भारततर्फ लैजादै गरेको अवस्थामा सीमावर्ती छिपहरमाई गाउँपालिका–५ बस्ने २३ वर्षिय सन्तोष पटेललाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । डिजल ट्याकटरमा लोड गरी नेपालबाट भारततर्फ लैजादै छ, भन्ने विशेष सुचनाको आधारमा बुधवार राती ११ बजेको समयमा छिपहरमाई –३ जयमंगलापुरबाट एक हजार लिटर डिजेलसहित ना.१ त ४५४३ नं.को ट्याक्टरलाई नियन्त्रणमा लिइएको प्रहरीले एउटा बिज्ञप्ति प्रकाशित गरी जनाएको छ । डिजेल, ट्याकटर र पक्राउ परेका ब्यक्तिलाई आवश्यक कारवाहीका लागि बीरगन्ज भंसार कार्यालयमा बुझाईएको बताइएको छ ।  

एक दिन अगाडि जिल्ला प्रहरी कार्यालय बाराले विश्रामपुर गाउँपालिका–४ बलिरामपुरबाट ३५ क्विन्टल छोकडा बरामद गरेको थियो । नेपालबाट भारततर्फ तस्करी गर्न सीमाक्षेत्रमा भण्डारन गरिराखेको ४० वटा बोरामा रहेको अन्दाजी ३५ क्विन्टल छोकडा बरामद गरिएको बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी गराएका थिए । वीरगन्ज महानगरपालिका–१६ संगै जोडिएको बारको बलिरामपुर सीमावर्ती  गाउँबाट छोकडा बरामद भएपछि त्यसको अर्को दिन बुधवार साँझ करिब ७ बजे पर्साको एउटा प्रहरी टोलीले सुरेन्द्र भन्ने मुकेश साह कलवारलाई नियन्त्रणमा लिएको छ । उक्त छोकडा उनले नै भण्डारन गरेको भनी पर्सा र बारा दुबैतर्फका प्रहरीले बताइरहेको बेला पर्सा प्रहरीले कलवारलाई डिउटीमा खटिएको प्रहरी टोलीसंग झैझगडा गरी सार्वजनिक स्थानमा अशान्ति मच्चाएको आरोपमा पक्रेको हो ।  

कलवारमाथी सार्वजनिक शान्ति बिरुद्धको कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको पर्सा कि प्रहरी उपरीक्षक गँगा पन्तले बताइन । पर्सा, बारा क्षेत्रको बिभिन्न नाकामा यस्ता तस्करीका गतिबिधि बढेको बताइएको छ । डिजेल, मदिरा, बियर, छोकडा, मरिच र प्रतिबन्धित लागुऔषध गाँजाजस्ता बस्तुहरु अहिले नेपालबाट भारतर्फ चोरी निकासी भइरहेका छन् । भारतबाट चोरी पैठारी भइरहेका बस्तुहरुमा बिभिन्न खाले कपडा, रजनीगँधा, गुट्खा तथा अन्य पान मसला, मोटर पार्टस र मसला तथा खाद्यान्नहरु रहेको बताइन्छ ।  

यसअघि जेठ २८ मा पर्सामा एकै दिन एम्बुलेन्सबाट गाँजा र पेट्रोलियम इन्धनको ट्यांकरबाट तस्करीको रक्सी बरामद भएको थियो । एम्बुलेन्समा ५६ किलो प्रतिबन्धित लागु पदार्थ गाँजा बोकेको अवस्थामा प्रहरीले वीरगन्ज महानगरपालिका–२७ पर्ने रामपुरबाट तीन जनालाई पक्राउ गरेको थियो । सोही दिन प्रहरीले बिहान साढे ६ बजेको समयमा बीरगंज –१६ रजतजयन्ती चोकमा चेकजाँचको क्रममा पेट्रोलियम इन्धनको ट्यांकरबाट तस्करीको रक्सी बरामद गरेको थियो । पेट्रोलियम तेलको ट्यांकरमा विभिन्न ब्राण्डका रक्सीहरु लुकाईछिपाई भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारीएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको थियो ।  

अहिले सीमा सिल रहेको अवस्थामा तस्करी रोक्न प्रहरी सक्रिय रहेको गँगा पन्तले बताइन । ‘प्रहरीले कमजोरी गर्दा तस्करी धेरै भयो भन्ने होइन, तस्करीका प्रयासहरु हामीले बिफल पारेका यि घट्नाहरु हुन,’ उनले भनिन, ‘त्यसता गतिबिधिमा लागेका मानिसहरु ज्यानै फालेर पनि तस्करी गर्न अहिले प्रयास गरीरहेको कुरा चाँही हो, हामीले भने आफ्नो काम गरिरहेकै छौं ।’ उनले नेपाल प्रहरीको प्राथमिक जिम्मेवारी शान्ति सुरक्षा भए पनि अहिले तस्करी रोक्न ध्यान दिएको दावी गरिन ।

सशस्त्र प्रहरीको भूमिका

सशस्त्र प्रहरी बलको भूमिका यतिखेर स्वभाविक रुपमा प्रभावकारी खोजिएको छ । नेपाल सशस्त्र प्रहरी बलका प्रवक्ता रहेका सशस्त्र प्रहरी डिआइजि प्रविनकुमार श्रेष्ठले अहिले कोरोनाको समयमा सीमानाकामा सशस्त्र प्रहरी बलको परिचालन थप सतर्कताका साथ गरिएको दावी गरे । ‘तस्करीजस्ता गतिबिधि हुन नदिन कडा निर्देशन छ हाम्रो, कमजोरी गर्ने कर्मचारीलाई पनि प्रमाणको आधारमा कारवाही गर्ने भनेका छौं,’ सशस्त्र प्रहरी डिआइजि श्रेष्ठले नागरिकलाई भने, तस्करी नियन्त्रण गर्ने र समात्नेजस्ता काम हामीबाट पनि भइरहेको छ ।’ बैध ब्यपारका लागि तोकिएका ठूला नाका बाहेकका ठाउँबाट कुनै किसिमको ओहोरदोहोर हुन नदिन सीमामा जनशक्ति बढाइएको उनले जानकारी गराए ।  

‘कोरोनालाई मध्य नजर गर्दै अहिले साना नाका र ग्रामिण क्षेत्रबाट मानिसहरु आउजाउ गर्न हामीले एकदमै रोकेका छौं,’ उनले भने, ‘हाम्रो पहिलेदेखि रहेका बोर्डर आउट पोष्ट बाहेक सम्पुर्ण सीमा क्षेत्रमा थप जनशक्ति खटाइएको छ, समान्य ओहोरदोहोर रोकिएको बेला तस्करलाई छोड्ने कुरै अउदैन ।’

पर्सामा भने जेठ २२ का दिन एउटा मोटरसाइकलमा लुकाएर लैजान लागिएको झण्डै २२ लाख रुपैयाँसहित एक जना युवकलाई सशस्त्र प्रही बलले सीमावर्ती गाउँ बञ्जारीबाट पक्राउ गरेको थियो । ना४३ प २८०२ नम्बरको मोटरसाइकलमा रकम लुकाएर सीमावर्ती छिपहरमाई गाउँपालिकाको भिस्वाबाट आइरहेका बहुदरमाई नगरपालिका– ५ भौराटारका प्रकाश साहलाई सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिस्वाले नियन्त्रणमा लिएको थियो । सो ब्यक्तिबाट बरामद रकमको स्रोत नखुलेको प्रहरीले बतायो । 

प्रकाशित: ४ असार २०७७ १४:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App