५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

नेपालमा मूल्य बढेपछि भारतबाट प्याज तस्करी

प्रहरीले नियन्त्रणमा लिएको भन्सार छलीको प्याज बोकेको पिकअप भ्यान। तस्विरःनागरिक

लहान - भारतीय सहर खुटौनाबाट ठाढी भन्सार नाका हुँदै लहानतर्फ ल्याउँदै गरेको तस्करीका प्याजसहित तीन वटा भारतीय जीप प्रहरीले नियन्त्रणमा लिएको छ। बिआर ११ जिबी ७४८१, बिआर ११ जिए ९४८० र बिआर ११ जिवी ४५०५ नम्बरको पिकअप गाडीमा लोड गरी ल्याइएको ४२० बोरा प्याज नियन्त्रणमा लिइएको सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

भारतबाट भन्सार छली गरी ल्याएको प्याज बोकेको तीन वटै गाडीलाई ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरिक्षक(डिएसपी) शरत थापा क्षेत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले लहान नगरपालिका –१ बाट नियन्त्रणमा लिएको हो।

४२० बोरामा १६ हजार ४ सय ८० किलोग्राम प्याज छ। उतmा परिणामको प्याजको थोक बजार मूल्य ४ लाख ३६ हजार ८ सय रुपैयाँ पर्छ। प्याज र तीन वटा गाडीको १५ लाख गरी कूल १९ लाख ३६ हजार ८ सय रुपैयाँ मूल्याँकनसहित प्याज र गाडी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय ठाढीमा बुझाइएको चतुर्वेदीले बताए।

नेपाली बजारमा प्याजको मूल्य बढेपछि पछिल्लो समय प्याज तस्करहरु सलबलाउन थालेका छन्। ठाढी भन्सार कार्यालयसँग सेटिङ मिलाएर तस्करहरुले भिœयाउने प्याज प्रहरीले नियन्त्रणमा लिँदै आएको छ। तीन दिनअघि पनि लहान प्रहरीले भन्सारबाटै भित्रिएको प्याज बोकेको तीन वटा पिकअप भ्यान चेकजाँच गर्दा ३० बोरा भन्सार छलीका प्याज बरामद गरेको थियो।

भन्सार कर्मचारीलाई मिलाएर थोरै परिणामको भन्सार रकम बुझाएर धेरै परिणाम भित्र्याउने, भन्सार रकम नै नबुझाई कर्मचारीलाई मिलाएर ठूलो परिमाणमा पयाज भित्र्याउने धन्दा ठाढी नाकामा मौलाएको स्थानीयहरु बताउँछन्।  प्रहरीको कडा निगरानीका कारण भन्सार छलीका सामान धमाधम बरामद हुन थालेपछि भन्सारको सेटिङ छताछुल्ल भएको प्रहरीको दाबी छ।

प्रकाशित: २४ माघ २०७६ ०६:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App