२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्य

८१ वर्षको उमेरमा पनि मिडियाको भूमिकामा सक्रिय छन् नारायण

नेपाल (भवानी बक्स गुल्म) र भारतीय सेनाको संयुक्त अनुभव बिरलैसँग होला। आधारभूत कम्युनिष्टको शिक्षा दिने राजनीतिज्ञको शब्द युवा पीढीका लागि नौलो होला। उमेर उकालो लागेसँगै आलस्यता र निराशाको बादलले ढाक्दा अर्को भूमिका निभाउँन सक्ने ठाँट आट जो कोहीमा देखिँदैन।

तर, मधुवन नगरपालिका– ६ लालीबजार बस्ने ८१ वर्षीय नारायण बहादुर थापाको वर्तमान र विगत अझै उत्साह र ओजले भरिएको छ। तिनै ८१ वर्षीय ठिटोको भूमिका डेढ दशक अघि देखि स्थानीय सञ्चारसँग जोडिएको छ।

एफ.एम. मिडियासँगको उनको भूमिकाले समेत एक दशक पार गरिसकेको छ। त्यस अघि नै उनले गुलरियाबाट प्रकाशन भइरहेको हाम्रो भावना दैनिक पत्रिका सुरुवात गरेका थिए।

थापा यतिबेला पत्रिकाको कुनै जिम्मेवारीमा नभए पनि डेढ दशक अघि स्थापित हाम्रो भावना दैनिकले मोफसलमा उत्कृष्ट भूमिका निर्वाह गर्दै आएको छ।  

बर्दियाको सदरमुकाम गुलरिया देखि १४ किलोमिटर पश्चिममा अवस्थित मधुवन बजारका लागि आवाज विहीनको वाणीका रुपमा पहिलो एफ एम थापाले सञ्चालनमा ल्याएका थिए। बिस २०६९ सालमा स्थापित रामज्ञानु एफएमले  निरन्तर आवाज विहीनको आवाजलाई बुलन्द पार्दा स्थानीय खुसी छन्।

बुवाको सञ्चार जगतसँगको लगावकै कारण आफू पत्रकारिता पेशामा होमिएको पत्रकार शितल थापा बताउँछन्। ‘सेनाको जागिरे अनुभवसँगै राजनितिक पृष्ठ भूमि बोकेका बुबाको सू–सूचित गराउने लगाव अतुलनीय छ,’ उनी भन्छन्, ‘बुवाले धन कमाउन भन्दा समाजमा चेतना आवश्यक रहेको जहिल्यै पनि औँल्याउनु भयो।’

८१ वर्षका थापा हिँड्नु पर्दा अधिकतर समय साइकलमा हिँड्न रुचि राख्छन्। यस उमेरमा पनि हाफ इस्टकोट, सर्ट र पाइन्ट लगाएर साइकलमा सवार हुँदा स्थानीयले उनलाई सम्मान गर्छन्।

उमेरले पाको भएपनि एफ एम आई पर्ने समस्यामा दत्तचित्त भएर लाग्दा सहज भएको पत्रकार शितलले स्मरण गर्छन्। ‘अहिले बाटो घाटो बन्यो, तर पहिला त्यस्तो थिएन’ शीतल भन्छन् ‘समाचार लागि रिपोटिङ निस्किए पनि एफ एम आउने समस्यामा प्राविधिक बोलाएर सधैँ आफै खटिनु भयो।’

मिडियामा उनकै लगावको कारण ग्रामीण भेगमा ११ वर्ष अघि राम ज्ञानु एफएम सञ्चालनमा आएको हो। राम ज्ञानु एफएमको माध्यमबाट समाचार पस्कँदा आवाज विहीनको तुलनात्मक रुपमा आवाज बुलन्द बन्दै गएको पत्रकार शीतल दाबी गर्छन्।

अन्न पानीको शरीर हो, सन्चो बिसन्चो भइरहने भएपनि सञ्चार क्षेत्रमा काम गर्दा आत्म सन्तुष्टि मिलेको थापाले अनुभव साटे। प्युठान धर्मवती गाउँमा जन्मिएका उनी बिस २०१४ सालमा नेपाली सेनामा भर्ती भएका थिए।

त्यसपछि भारतीय सेनामा सात वर्ष जागिर खाए। जागिर विहीन भएपछि आधारभुत कम्युनिस्ट ज्ञान बाडेको उनी बताउँछन्। आफूले सञ्चार गृह सञ्चालनमा ल्याए पनि सरकारको हेपाहपनले प्रविधिको जमाना आइसक्दा पनि आधुनिक सञ्चार गृहको  विस्तारमा लगानीको समस्या पर्दे आइरहेको उनी गुनासो गर्छन्।

प्रकाशित: ५ आश्विन २०८१ २०:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App