५ आश्विन २०८१ शनिबार
image/svg+xml

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ।

पूर्व मन्त्रीहरु संलग्न भुटानी शरणार्थी प्रकरणमा बहस जारी

उच्च अदालत पाटनमा विशिष्ट व्यक्तिहरू जोडिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाहरूको मुद्दाको सुनुवाइ आजदेखि सुरु भएको छ।

भुटानी शरणार्थी प्रकरण:मंसिर ५ मा सुनुवाइ, ६० वकिलले बहस गर्ने

‘मुद्दाको प्रकृति र संलग्न कानुन व्यवसायीको संख्यासमेतलाई दृष्टिगत गरी २०८० मंसिर ५ गते पेसी तोकी नियमानुसार गर्नू,’ बिहीबारको आदेशमा भनिएको छ ।

भुटानी शरणार्थी प्रकरणको सुनुवाइ मंसिर ५ मा

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाहरुको मुद्दाको सुनुवाई मंसिर ५ गते हुने भएको छ।

पीडित भन्छन्-खाइदिएको पैसा दिन्छन् कि दिंदैनन्?

नक्कली शरणार्थी बनेर अमेरिका जाने लोभमा घोराहीकी रमिता घिमिरे (नाम परिवर्तन) को ४५ लाख रूपैयाँ डुब्यो।

प्रहरी नै गर्दैछ सूचना चुहाउने ‘अपराध’

अपराध अनुसन्धान पूर्ण नभएसम्म प्राप्त सूचना चुहाउनु अनुसन्धान अधिकारीको गैरव्यावसायिक कर्म मानिन्छ । तर पछिल्ला ठूला एवं चर्चित अपराध घटनाका अनुसन्धानमा नेपाल प्रहरीका अनुसन्धान अधिकारीहरूले एकपछि अर्कोगरी सूचना चुहाएका छन् ।

कांग्रेस सहमहामन्त्रीमाथि राजावादीको खुकुरी

कांग्रेस र उसका भ्रातृ संघसंस्थाले सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्नेलाई कडा कारबाहीको माग गरेका छन्। फरक–फरक विज्ञप्तिमार्फत सांघातिक हमला गर्नेलाई कडा कारबाही गर्न सरकारसँग माग गरिएको छ।

भुटान एयरलाइन्सले भदौ ३० देखि काठमाडौँ उडान पुनः सुरु गर्ने

भुटानको पहिलो निजी एयरलाइन्स, ‘भुटान एयरलाइन्स’ ले आगामी भदौ ३० देखि काठमाडौँ गन्तव्यमा पुनः उडान सुरु गर्ने भएको छ।

साफ यु–१६ च्याम्पियनसिप खेल्ने नेपाली यु–१६ टोली भुटान प्रस्थान

भुटानको थिम्पुमा शुक्रवारदेखि शुरु हुने साफ यु–१६ च्याम्पियनसिपको चौथो संस्करणमा चुनौती प्रश्तुत गर्ने नेपाली किशोर टोली त्यसतर्फ प्रस्थान गरेका हुन् ।

डा. कोइरालाले भेटे थुनामा रहेका खाणलाई

कांग्रेस नेता डा. शशांक कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई भेटेका छन्। सुरक्षा स्राेतका अनुसार बुधबार उनले केन्द्रिय कारागारमा पुगेर खाणलाई भेटेका हुन्।

भदौ २३ मा पोखरा आउँदै ड्रुक एयर

भुटानको ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरासम्म उडान गर्ने भएको छ। आगामि सेप्टेम्बर ९ (भदौ २३) मा जहाज पोखरा आउने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बताएको छ। पोखरामा ड्रुकको जहाज अवतरणपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको दोश्रो अवतरण हुनेछ।

भ्रष्टाचारमा प्रधानमन्त्री नै संलग्न भएको पाइए सजायका लागि तयार हुनुपर्छ: प्रधानमन्त्री

'मेरो नेतृत्वमा सरकार बनेदेखि सुशासन कायमका लागि प्रयासरत रहेको छु। सरकारले आफ्नो कुर्सी जोगाउनका लागि मात्रै ध्यान दिएको सोच्नु गलत हो।'

उच्चस्तरीय आयोगसँगको अपेक्षा

नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण र गौर हत्याकाण्डमा पीडितसँग सरकारको सम्झौताले विधिको शासनप्रति केही आस जगायो। सर्वोच्च अदालतको ‘नीतिगत’ आवरणमा भएका भ्रष्टचारमाथि छानविन गर्न दिएको आदेश र रेशम चौधरी मुद्दा फैसलाको पूर्ण पाठबाट यसमा अरू उत्साह थप्यो। मुलुकमा संस्थागत हुँदै गएको भ्रष्टाचार र दण्डहीनताका राजनीतिक साङ्लो तोडिने विश्वास गरियो।

सत्ता गठबन्धन जोगाउन अनुसन्धानरत प्रहरीको सरुवा

राजनीतिक दलका नेताले सुरक्षा अंगलाई आफूअनुकूल चलाउने प्रयास गर्दा नेपाल प्रहरीमा सत्ता गठबन्धन दलहरूको छाया परेको छ। सत्तामा रहेका दलहरूको छाया पर्दा नेपाल प्रहरीका उच्चपदस्थ अधिकारी समय नपुग्दै अनपेक्षित रूपमा सरुवा भएका छन्।

ठूला भ्रष्टाचारका सबै मुद्दाको छानबिन हुनुपर्छ :अध्यक्ष डा भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशमा भएका भ्रष्टाचारका सबै ठूला मुद्दा उच्चस्तरीय आयोग बनाएर छानबिन गर्नुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्