२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भुटानी शरणार्थी प्रकरणको सुनुवाइ मंसिर ५ मा

फाइल तस्बिर: नागरिक।

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाहरुको मुद्दाको सुनुवाई मंसिर ५ गते हुने भएको छ।

न्यायाधीशहरु मुरारीबाबु श्रेष्ठ र कृष्णराम कोइरालाको संयुक्त इजलासले मुद्दामा धेरै कानुन व्यवसायी रहेकाले मंसिर ५ का लागि पेशी तोक्ने आदेश गरेको हो प्रवक्ता तिर्थराज भट्टराईले जानकारी दिए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना आरोपितमध्ये नेकपा एमालेका सचिव एवं पूर्व उप-प्रधानमन्त्री टोपबहादुर रायमाझी, कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित पुर्पक्षका लागि थुनामा रहेका छन्।

काठमाडौं जिल्ला अदालतले थुनामा पठाएपछि त्यसविरुद्ध थुनामा रहेकाहरुले उच्च अदालत पाटनमा निवेदन दिएका थिए। नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी गरी लिखत कीर्ते गरेका पूर्व गृहमन्त्री खाँडसहित २२ जनाको मुद्दा एकमुष्ठ हेरिएको उच्च अदालत पाटनले जनाएको छ।

प्रकाशित: २३ कार्तिक २०८० १०:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App