२६ आश्विन २०८१ शनिबार
image/svg+xml

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

राजनीतिक किचलोका बीच गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन । प्रदेश प्रमुख सीता पौडेलले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन । पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

अवैध घरेलु हतियारसहित भारतीय नागरिक पक्राउ

सप्तरी प्रहरीले अवैध घरेलु हतियारसहित एक भारतीय नागरिकलाई आज पक्राउ गरेको छ। पक्राउ पर्नेमा विहार राज्यको मधुबनी जिल्लाको बोगटियाका २४ वर्षीय जितेन्द्र मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

लुम्बिनी प्रदेशः विश्वासको मत नलिने पोखरेलको संकेत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत नलिने संकेत गरेका छन्। शुक्रबार प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा पोखरेलले भने, ‘नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा सत्तापक्षको बहुमत उपस्थितिले नै सरकार अल्पमतमा छ भन्ने हल्लाको निवारण भएको छ।’

गण्डकी प्रदेशः मुख्यमन्त्रीमा पोखरेलको दाबी

गण्डकी प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष बहुमत सांसदको हस्ताक्षर बुझाएको छ।

गण्डकी प्रदेशः बहुमत सदस्य लिएर मुख्यमन्त्रीमा पोखरेलको दावी

कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।

आधा दर्जन रेलमार्गको सम्भाव्यता अध्ययन हुने

सरकारले आगामी आर्थिक वर्षमा आधा दर्जनभन्दा धेरै ठाउँमा रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने भएको छ।

'विश्वास' जित्न डराएका बहुमतका मुख्यमन्त्री

मुख्यमन्त्रीको दाबीअनुसार त अहिले उहाँ बहुमतमा हुनुहुन्छ, उहाँसँग ४२ मत छ। तर कर्णालीको घटना (फ्लोर क्रस)ले मुख्यमन्त्रीको सातो खाइदिएको छ।

पूर्व रक्षामन्त्री पोखरेलले ४ लाख ५६ हजार कोभिड कोषमा र ६ लाख ५ हजार पार्टी कोषमा जम्मा गरे

पूर्व रक्षामन्त्री ईश्वर पोखरेलले आफ्नो सात महिनाको पारिश्रमिक कोभिड कोषमा बुझाएको घोषणा गरेका छन्।

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् पुनर्गठनः तीन उपधानमन्त्री, दुई राज्यमन्त्री र १२ मन्त्री (सूचीसहित)

प्रधानमन्त्री ओलीले सुरक्षा, गृह, सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र प्रशासन आफैंसग् राखी मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।

शत्रुग्रह राहु र सूर्यको भ्रमण

सम्पूर्ण आकाशलाई सत्ताईस बराबर भागमा बाँडेर प्रत्येक १३ अंश, २० कलाको भागलाई नक्षत्र भनेर सबै भागलाई भिन्नाभिन्नै अश्विन्यादि नाम दिइएको छ। यो एक नक्षत्रात्मक आकाश प्रदेश धेरै लामो र ठूलो हुन्छ। यस नक्षत्र प्रदेशमा धेरै ताराहरु हुन्छन्। ती असंख्य ताराहरूमध्ये सरलताबाट देखिन योग्य चम्किला तारालाई गनेर ऋषिहरूले प्रत्येक नक्षत्रको तारा संख्या भनेका छन्।

फेरि सुरुङमार्ग फ्लाइओभर र मेट्रो रेलको सपना

अघिल्ला अर्थमन्त्रीहरूले पनि यस्ता महत्वाकांक्षी सपना बाँडेका थिए। बजेटमा महत्वका साथ अघि सारिएका ती योजनाहरूले मूर्त रूप पाउनु त कता हो कता कतिपयको त विस्तृत परियोजना प्रतिवेदनको कामसम्म सुरु भएको छैन।

उपप्रधानमन्त्री पोखरेलले खुलाए नेपाल समूहलाई कारबाही गर्नुको कारण !

आफ्नो पार्टीका अध्यक्षको कामकारबाही चित्त नबुझे पार्टीभित्र छलफल र महाविधेशनबाट हटाउन सकिन्छ, उनले भने, ‘तर पार्टीभित्र छलफल नगरी आफ्नै पार्टीका अध्यक्षविरुद्ध हस्ताक्षर गरेर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने कुरा पार्टी हित विपरीत छ।

रजस्वलाको पीडालाई कसरी घरेलु उपचारबाट कम गर्ने ?

हरेक महिना रजस्वला हुने महिलाले शारीरिक तथा मानसिक पीडा भोग्नु पर्छ। ४ दिनदेखि ७ दिनसम्म हुने रजस्वलामा विभिन्न किसिमका पीडाहरु भोग्नु पर्ने हुन्छ। यो महिलामा हुने प्राकृतिक प्रक्रिया हो। यसको पीडालाई पनि प्राकृतिक तरिकाले नै समाधान गर्नुपर्छ।

सामुदायिक अस्पताललाई यूके लाहुरेले उपलब्ध गराए अक्सिजन

यूके लाहुरेले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जालपा सामुदायिक अस्पताललाई अक्सिजन सिलिण्डर जुटाइदिएका छन्।

बालकृष्ण पोखरेलसितका सम्झेबिर्सेका बातहरू

मैले राति यसो पोखरेलज्यूको कोठातिर चियाउँदा उनी केको आराम गर्थे ! ओछ्यानमाथि गजधम्म बसेर केही लेख्नमा तल्लीन देखेँ। मैले पनि उनको ध्यान खलबल्याउन चाहिनँ र आफ्नै कोठातिर लागेँ। मनमनै विचार गरेँ, नेपाली भाषा साहित्य वाङ्मयमा स्रष्टा त धेरे बनेका छन् तर बालकृष्ण पोखरेल बन्न सानो लगनशीलता र अध्यवसायले हुँदैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्