१० असार २०८१ सोमबार
image/svg+xml
राजनीति

उपप्रधानमन्त्री पोखरेलले खुलाए नेपाल समूहलाई कारबाही गर्नुको कारण !

उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफ्नै पार्टीका प्रधानमन्त्रीविरुद्ध हस्ताक्षर गरेकोले नेता माधवकुमार नेपाल समूहलाई कारबाही गरिएको बताएका छन्।

‘आफ्नो पार्टीका अध्यक्षको कामकारबाही चित्त नबुझे पार्टीभित्र छलफल र महाविधेशनबाट हटाउन सकिन्छ, उनले भने, ‘तर पार्टीभित्र छलफल नगरी आफ्नै पार्टीका अध्यक्षविरुद्ध हस्ताक्षर गरेर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने कुरा पार्टी हित विपरीत छ।’

सिंहदबारस्थित आफ्नै कार्यकक्षमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीमा अहिले देखिएको अन्तरविरोध साम्य पार्नतिर लाग्नुपर्ने तथा पार्टी र आन्दोलनलाई नयाँ ढङ्गबाट लैजानुपर्नेमा जोड दिए। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता गर्दा ताका भएका भु्रणहरु विकसित भएर अहिलेको अवस्थामा पुगेको उनको भनाइ छ।

सो क्रममा उनले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि गठन गठित उच्चस्तरीय समिति कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) खारेज नगरिएको समेत स्पष्ट गरे।

उनले सिसिएमसी खारेज नभई थप सशक्त बनाइएको बताउँदै कोभिड–१९ रोकथाम र नियन्त्रण गर्ने मुख्य जिम्मेवारी सिसिएमसीको नै भएको जनाए। 

प्रकाशित: ११ जेष्ठ २०७८ १२:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App