७ वैशाख २०८१ शुक्रबार

उपप्रधानमन्त्री पोखरेलले खुलाए नेपाल समूहलाई कारबाही गर्नुको कारण !

आफ्नो पार्टीका अध्यक्षको कामकारबाही चित्त नबुझे पार्टीभित्र छलफल र महाविधेशनबाट हटाउन सकिन्छ, उनले भने, ‘तर पार्टीभित्र छलफल नगरी आफ्नै पार्टीका अध्यक्षविरुद्ध हस्ताक्षर गरेर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने कुरा पार्टी हित विपरीत छ।

उपप्रधानमन्त्री र स्वीजरल्याण्डकी राजदूतबीच संवादः स्वीजरल्याण्डबाट शनिबार स्वास्थ्य सामग्री आइपुग्ने

स्वीजरल्याण्ड सरकारले कोरोना भाइरसविरुद्वको लडाईंमा साथ दिँदै नेपाललाई यसैसाता बिभिन्न स्वास्थ्य सामाग्री पठाउने भएको छ।

अब जनतालाई कोरोनाबाट मुक्त गर्न ध्यान केन्द्रित गर्छौंः उपप्रधानमन्त्री

‘अब हामी कोरोना संक्रमितको उपचार, उपकरण तथा अस्पतालहरुको व्यवस्थापन र चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रोत्साहनमा केन्द्रित हुन्छौं’, उपप्रधानमन्त्री पोखरेलले भने।

उपप्रधानमन्त्री र उपत्यका मेयर फोरम बैठक : ४ वटा एकीकृत आइसोलेसन केन्द्र प्रस्ताव

बिहीबार काठमाडौं मेयर फोरमका पदाधिकारीहरुसँगको बैठकमा उपप्रधानमन्त्री पोखरेलले कोरोनाविरुद्वको लडाईंमा संघीय सरकारले चालेका कदमलाई कार्यान्वयन गर्ने गरी जनताको जीवन रक्षामा जुट्न आग्रह गरे।

अमेरिकाबाट अर्को साता स्वास्थ्य सामग्री आउने

भेन्टिलेटर, पीपीई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामाग्री, अस्थायी अस्पताल स्थापनाका लागि आवश्यक पूर्वाधार र आवश्यक विज्ञ जनशक्ति लगायतका विषयमा नेपालले सहयोगको अपेक्षा गरेको बताए।

भ्रमका खेती गर्नेबाट बच्नु पर्छ : उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री पोखरेलले उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर्स अफ कमर्स, नेपाल उद्योग परिसंघ, ग्यास उत्पादक, सरकारी तथा निजी क्षेत्रका अस्पतालका प्रतिनिधिहरुसँग छलफल गर्दै अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा संचालन गर्न उद्योग मन्त्रालयले आवश्यक सहयोग गर्ने बताए।

उपप्रधानमन्त्री पोखरेलले गरे वैज्ञानिक पुनको प्रशंसा, दिए सहयोगको आश्वासन

म्याग्सेसे पुरष्कार विजेता एवं वैज्ञानिक पुनले कोरोनाविरुद्वको लडाईंमा खेलेको भूमिकाको खुलेर प्रशंसा गरेका हुन्।

उपप्रधानमन्त्री र संयुक्त राष्ट्रसंघकी संयोजकबीच वार्ता: खोप उपलब्ध गराउन पोखरेलको गुहार

नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग आज भएको टेलिफोन संवादमा उपप्रधानमन्त्री पोखरेलले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट पाउने कोभ्याक्स अन्तर्गतको खोप सक्दो छिटो नेपाल ल्याउनका लागि सहजीकरण गरिदिन आग्रह गरेका हुन्।

'श्रमिकलाई उद्योग र निर्माणस्थलमै खाना र बासको व्यवस्था'

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले अर्थतन्त्रको तीव्र विकासको लक्ष्यका साथ शुरुवातदेखि नै श्रम क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आएको बताएका छन्।

सरकार र जनता मिलेर कोरोनाविरुद्धको लडाईं सफल पार्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकार र जनताबीच हातेमालो गरेर कोरोनाविरुद्धको लडाईं सफल पार्नुपर्ने बताएका छन्।

अस्पताललाई सर्वसाधारणमैत्री बनाउन उपप्रधानमन्त्री पोखरेलकाे निर्देशन

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारी अस्पतालहरुलाई सर्वसाधारणमैत्री बनाउन निर्देशन दिएका छन्। काठमाडौं क्षेत्र नम्बर ५ मा रहेका चार वटा ठूला सरकारी अस्पतालका प्रमुखहरुसँगको बैठकमा उपप्रधानमन्त्री पोखरेलले सरकारी अस्पतालहरुलाई सर्वसाधारण जनतामैत्री बनाउन निर्देशन दिएका हुन्।

‘निजामती प्रशासन झिंगे प्रवृत्तिबाट मुक्त हुनुपर्छ’

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित सचिवहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले निजामती प्रशासनमा ‘झिंगे टँसाई सोच’ प्रमुख समस्याको रूपमा रहेको भन्दै यसको अन्त्य हुनुपर्ने बताएका हुन्।

न्यायाधीश धम्क्याउँदै उपप्रधानमन्त्री

उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले न्यायाधीशहरूलाई धम्क्याएका छन्। अदालतका न्यायधीशले भन्दा ठूलो फैसला दिने न्यायाधीश जनता भएकाले आफूहरू जनताले गर्ने फैसलाको प्रतीक्षामा रहेको बताउँदै उनले सर्वोच्च अदालतको फैसलाले मुलुकलाई दुर्भाग्यतिर जान प्रेरित गरेको टिप्पणी गरेका छन्।

वृद्धाभत्ता अब एक महिनाको पाँच हजार पुग्छ : उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्धाभत्ता मासिक पाँच हजार पुर्‍याउने सरकारको लक्ष्य रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्