१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

छाउपडी प्रथा अन्त्यका लागि गृह मन्त्रालयले समिति गठन गरेको छः गृहमन्त्री

फाइल तस्बिर

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयले छाउपडी प्रथाको अन्त्यका लागि समिति गठन गरेको बताएका छन्।

सोमवारको राष्ट्रिय सभाको बैठकमा अछाम जिल्लाको छाउगोठमा भएको घटनाका बारेमा राष्ट्रिय सभामा जानकारी गराउँदै उनले यस्तो बताएका हुन्।

उनले छाउपडी प्रथाको अन्त्यका लागि विगतमा भएका अध्ययन, अनुसन्धान र विज्ञहरुसँग सल्लाह लिइ समितिले दिएको सुझाव र प्रतिवेदनका आधारमा नीति बनाउने काम हुने बताए।

गत असार ४ गते अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ बस्ने १६ वर्षकी किशोरी छाउगोठमा बलात्कृत भएको विषयबारे संसदमा जानकारी गराउँदै उनले आगामी दिनमा यस किसिमका घटना हुन नदिन लिइ कानूनी, नीतिगत, सामाजिक, अभियानका रुपमा यसलाई नियमन गर्न, नियन्त्रण गर्न र यो प्रथालाई अन्त्य गर्नेतर्फ कदम चाल्न समिति निर्माण गर्ने र समितिले दिएको प्रतिवेदनमा टेकेर नीतिगत निर्णय गर्ने र विभिन्न अभियान सञ्चालन गर्ने निर्णय गेरको बताए।

उनले अछाममा छाउगोठमा बसेकी किशोरीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र बलात्कारीको आरोपमा एक जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको बताए।  

प्रकाशित: १० असार २०८१ १७:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App