८ वैशाख २०८१ शनिबार
राजनीति

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

कृष्णचन्द्र नेपाली पोखरेल

राजनीतिक किचलोका बीच गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन । प्रदेश प्रमुख सीता पौडेलले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन । पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । कांग्रेस सांसद बिन्दुकुमार थापाले अबको डेढ घण्टाभित्र सपथ हुने भन्दै प्रदेश प्रमुखको कार्यालयबाट जानकारी आएको बताए ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डि अर्यालले पनि पोखरेलाई मुख्यमन्त्रीमा नियुक्त गरेको पुुष्टि गरे । यसअघि पृथ्वी सुब्बा गुरुङले पनि मुख्यमन्त्रीमा दावी पेश गरेपछि शनिबार दिनभर राजनीतिक क्षेत्रमा किचलो उत्पन्न भएको थियो । विश्वासको मत नपाएको अवस्थामा पनि गुरुङले मुख्यमन्त्रीमा दावी पेश गर्दा आलोचना भएको थियो । पोखरेललाई मुख्यमन्त्री बनाउन कांग्रेस, एमाले, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए । 

प्रकाशित: २९ जेष्ठ २०७८ १२:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App