७ आश्विन २०८१ सोमबार
image/svg+xml

राजधानीकै बस्ती डुबानमा

ढल व्यवस्थापन राम्रो नभएका कारण वर्षाको पानीले काठमाडौं उपत्यकाका सहरी बस्ती नै जोखिममा परेको विज्ञहरूले बताउँदै आएका छन्। तर, सरकारी निकायले ढलको उचित व्यवस्थापन र खोला क्षेत्रका बस्ती स्थानान्तरणमा चासो दिएको छैन।

बस पल्टिँदा एकको मृत्यु, एक दर्जन यात्रु घाइते

सिरहाको जिरोमाइल–बडियारपट्टी सहायक सडकअन्तर्गत धनगढीमाई नगरपालिका–५ सन्तनगरमा गए राति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ यात्रु घाइते भएका छन्।

बर्खाले बस्ती डुबान, नदीका बाँध कटान

जरना गोइठा सब भिजगेलै(दाउरा गुइठा सबै भिजिसक्यो) मुखियाले भने,‘ने चुल्ही रहलै ने जलाबन आ ने चाउर दाईल आब कि खा क रहबै(न चुल्हो जोगियो न दाउरागुइठा, चामल दाल पनि भिजेपछि अब के खाएर बस्नु)।’

आज पुनःस्थापित ​प्रतिनिधिसभाको बैठक बस्दै

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभालाई पुनर्स्थापित गर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ गते परमादेश जारी गरेको थियो।

धरानमा स्मार्ट बसर्पाक बन्ने पक्का, ठेकेदार कम्पनीसँग सम्झौता

विवाद समाधान भएपछि टेण्डरमार्फत ठेकेदार छनौट गरेर उपमहानगरपालिकाले सम्झौतासमेत गरेको छ। धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनाभित्र स्थानीय जग्गादाताले बसपार्क बनाउनको लागि निःशुल्क जग्गा दिएका छन्।

सर्वोच्चको निर्णय एमालेलाई अमान्य : बस्नेत

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई दुईदिनभित्र प्रधानमन्त्री बनाउन परामादेश दिएसँगै सडकमा उत्रिएका युवा संघ नेपालको कार्यक्रममा सहभागी उनले सर्वोच्च अदालतको निर्णउ विरुद्ध आन्दोलन समेत गर्ने बताए।

बुधबारदेखि लामो दूरीमा बस चलाउने यातायात व्यवसायीको तयारी

सरकारले लामो दूरीको सार्वजनिक यातायात संचालन गर्न रोक लगाएपनि यातायात व्यवसायीले अटेर गर्दै सेवा थाल्ने तयारी गरेका छन् । लामो तथा छोटो दूरीमा बस सेवा संचालन गर्दै आएको पृथ्वी राजमार्ग बस संचालक कम्पनिले निषेधाज्ञा नहटाएपनि आगामि बुधबारदेखि देशभर लामो तथा छोटो दूरीको सार्वजनिक यातायात संचालन गर्ने बताएको छ ।

पोखरा महानगरभित्रबाट वर्षमा २ लाख ९१ हजार घनमिटर नदीजन्य बस्तु निकालिन्छ

पोखरा महानगरपालिकाभित्र ठूला र साना ३३ वटा घाट छन् । ती खानी तथा घाट राजस्व उठाउने महानगरपालिकाको आन्तरिक स्रोत हुन् । खानी तथा घाट उत्खनन् गर्न टेण्डर आह्वान मार्फत महानगरपालिकाले वर्षेनी राजस्व उठाउँदै आएको छ । घाटहरुबाट महानगरले वार्षिक २० करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन गर्दैै आएको छ ।

अविरल वर्षाका कारण पर्साको दर्जनौं बस्ती डुवानमा

मङ्गलवार रातिदेखि परेको अविरल वर्षाका कारण पर्साका दर्जनौं बस्ती डुवानमा परेका छन्। असारे विकासको नाममा निर्माण भएका गुणस्तरहीन नालाहरुबाट पानीको सहज निकास नहुँदा ती बस्तीहरु डुवानमा परेको हो।

कोभिडका कारण विकासे मन्त्रालयहरूले लक्ष्यअनुसार प्रगति हासिल गर्न सकेनन् : मन्त्री नेम्वाङ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले कोभिड र प्राकृतिक प्रकोपले पूर्वाधार निर्माणमा धेरै असर पुर्‍याएको बताएका छन्।

निम्बसबाट मास्क सहयोग

अस्पताल, क्वारेन्टिन केन्द्र, स्वास्थकर्मी र स्वंसेवकलाई नेपालभर एक सय ७२ ठाउँमा ५० भन्दा बढी संगठनलाई निम्बसले १० लाखभन्दा धेरै मास्क र स्यानिटाइजर वितरण गरेको जनाएको छ।

‘आकाश हेर्दै खोला सुन्दै सुत्छौं’

घाम लाग्यो भने यहाँका बासिन्दाको मनमा शान्ति हुन्छ र खुसी छाउँछ। जब आकाशमा कालो बादलसँगै गड्याङगुडिङ हुन्छ अनि मनमा खोलाको पानीभन्दा चिसो सिरेटो पस्छ। ‘आकाश हेरेरै रातभर जाग्राम बस्छौं,’ धनबहादुर वादीले भने, ‘श्रीमान् श्रीमती पालोपालो गरेर आकाश हेर्दै खोलाको आवाज सुन्दै सुत्दै गर्छाैं।’

पेरूमा बस दुर्घटनामा परी कम्तिमा २७ व्यक्तिको मृत्यु

प्रहरीले स्थानीय सञ्चारमाध्यमलाई दिएको प्रारम्भिक जानकारी अनुसार स्थानीय समय बिहान ३ बजे अयाकुचो क्षेत्रबाट अरेक्वीपातर्फ जाँदै गरेको बस अनियन्त्रित भई सडकदेखि करिब २ सय ५० मिटर तल खोलामा खसेको थियो।

महेश बस्नेतको प्रश्नः गान्धीलाई जस्तै प्रधानमन्त्री ओलीलाई मार्ने षडयन्त्र कांग्रेसले बनाएको हो त?

'माहात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री के पी शर्मा ओलीलाई मार्ने षडयन्त्र कांग्रेसले बनाएको हो त ? प्रश्न गर्दै नेता बसनेतले भने, 'गान्धीका हत्यारा नाथुराम गोडसे बन्न तयार छु भनेर कांग्रेसको नरोत्तम बैद्यले प्रदेश शभामा खुल्लम खुल्ला बोलिरहेका छन्। यो मान्छेलाई तुरुन्त पक्राउ गरेर सरकारले कारबाही गर्नु पर्दछ। अन्यथा जनताको आक्रोश प्रकट भएर यस्ता ब्यक्तिलाई सडकमै प्रतिरोध गर्न सक्छन्।'

भोकमरीको चपेटामा थलाराको हलिया बस्ती

पुस्तौनी हलिया रहेका यहाँका दमाई परिवार पूर्ण रुपमा मालिकको आश्रयमा छन्। साहुको हलो जोतेवापत दिने केही अन्नबालीले दमाई परिवारको चुलोमा खाना पाक्थ्यो। सरकारले २१ भदौ २०६५ मा हलिया प्रथा अन्त्य भएको घोषणा गरेपछि साहुले हलियालाई दिएको ऋण फिर्ता मागे र हलो जोत्न दिएनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्