७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

आज पुनःस्थापित ​प्रतिनिधिसभाको बैठक बस्दै

आज पुनःस्थापित प्रतिनिधिसभाको बैठक बस्दै छ। संसदको आठौं अधिवेशनको पहिलो बैठक अपराह्न ४ बजे बस्ने भएको हो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभालाई पुनर्स्थापित गर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ गते परमादेश जारी गरेको थियो।

आइतबारको बैठकमा अघिल्लो सरकारले ल्याएका केही विधेयकहरुलाई प्रक्रियामा लगिने कार्यसूची छ ओली नेतृत्वको सरकारले १६ वटा अध्यादेश जारी गरेको थियो। तीमध्ये बजेटसँग सम्बन्धित अध्यादेश पनि छन्।

आइतबारको पहिलो बैठकको कार्यसूची भने बिहान १० बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले टुंगो लगाउने छ। अर्थमन्त्री जनार्दन शर्माले अध्यादेशबाट ल्याइएको बजेट संसदमा पेश गर्ने जानकारी यसअघि नै दिइसकेका छन्।  

दुई तिहाइ मत ल्याएर सत्तामा गएको नेकपा एमाले आजदेखि प्रतिपक्षमा बस्ने भएको छ। 

प्रकाशित: ३ श्रावण २०७८ ०३:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App