७ आश्विन २०८१ सोमबार
image/svg+xml

अन्नपूर्ण केवलकारको नि:शुल्क बस सेवा

अन्नपूर्ण केवलकारले नि:शुल्क बस सेवा सुरु गरेको छ। सेदीस्थित केवलकारको तल्लो स्टेशनसम्म आउजाउ गर्ने यात्रुलाई सहजताका लागि नि:शुल्क सटल बस सुरु गरेको कम्पनिले बताएको छ।

पाँच वर्षपछि मुसहर बस्तीमा नेता पुग्न थाले

स्थानीय तहको निर्वाचनको समय नजिकिएसँगै महोत्तरी जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका वडा नं ३ खैरा गाउँमा अवस्थित मुसहर बस्तीमा पाँच वर्षमा कहिल्यै नपुगेका नेता अहिले पुग्न थालेका छन्।

चन्द्रकला र नाङ्जा सेमिफाइनलमा

नेपाल आर्मीकी चन्द्रकला थापा र एपिएफकी नाङ्जा बुढा मगर बुधबार गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिला ५७ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका छन्।

मिचियो फुटपाथ, जोखिममा पैदलयात्रु

सडक छेउका फुटपाथको मध्यभागमा बिजुली र टेलिकमका पोल गाड्ने, फुटपाथ मिच्ने प्रवृत्ति सामान्य भइसकेको छ। यस्ता पोलहरू गति नियन्त्रक र दिशा निर्देशक स्तम्भझैं लाग्छन्। यिनले दुर्घटना निम्त्याउने र अवरोध पनि सिर्जना गरिरहेका छन्।ठाउँठाउँमा फुटपाथ नै छैन, पैदलयात्री जोखिम मोलेर मूल सडकबाट हिँड्नुपर्छ।

विद्युतीय सवारी प्रवर्द्धन गर्दै सरकार

साझा यातायातका सञ्चालक समितिका सदस्य भुषण तुलाधारले साझाले चिनियाँ कम्पनीसँग खरिद गरेका तीन वटा विद्युतीय बस एक महिनाभित्रै आउने बताएका छन्। पहिलो चरणमा तीनवटा विद्युतीय बस परीक्षणको लागि ल्याइँदैछ’, उनले भने– ‘चिनियाँ कम्पनीले निर्माण गरेको बस यहाँको सडक अनुसार गुड्न सक्छ कि सक्दैन भनेर पनि परीक्षण गर्न लागिएको हो।

ब्रोइलरभन्दा लोकल कुखुराको माग बढी

मनिषाले यसपाली चिटिक्क परेको नयाँ खोर थपेकी छिन्। अहिले उनको घरमा बेच्ने बेला भएको २० ओटाजति भाले छन्। सकेसम्म घरकै पोथीले कोरलेको चल्ला हुर्काउँछिन्। त्यसले नगुग्दा बजारमा पाइने लोकल चल्ला किनेर हुर्काउने गरेको उनले बताइन्।

मुक्तिनाथ बैंकको सहयोग

मुक्तिनाथ विकास बैंक लिमिटेडले विद्यार्थीहरूलाई आईयू क्यूबस्याटस् स्याटेलाइट निर्माण गर्न सहयोग गरेको छ।

कोलम्बियामा २१ हजार यात्रु प्रभावित, १३६ उडान रद्द

कोलम्बियामा मेडेलिन शहर नजिकैको प्रमुख विमानस्थलमा व्यावसायिक विमानको आपतकालीन अवतरणपछि २१ हजार भन्दा बढी यात्रु प्रभावित भएको र १३६ उडानहरू रद्द गरिएको नागरिक उड्डयन निर्देशक जायर ओर्लान्डोले बताएका छन्।

एमालेबाहेक अरु दल गैह्रकम्युनिष्ट हुन्ः नेता बस्नेत

नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले स्थानीय तहको चुनावमा कुनै पनि वाम दलसँग सहकार्य नहुने बताएका छन्।

गुडिरहेको बसमा आगलागी

कालीकोटदेखि सुर्खेत–नेपालगन्ज हुँदै काठमाडौँका लागि जाँदै गरेका बस गुडिरहेको अवस्थमा बराहताल गाउँपालिका–८ सुर्खेत ओदाल तालस्थित दिउँसा ३ः४५ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।

सहसचिवलाई जिल्ला पठाउनै सकस

माथिल्लो तहका कर्मचारीहरू सकेसम्म काठमाडौंमै बस्ने प्रवृत्तिले अतिरिक्त समूहमा राखिएका सहसचिवहरूलाई काठमाडौंबाहिर पठाउन सकस परेको छ।

'नेपाल सरकार र एशियाली विकास बैंकको ऋण सहयोगमा न्यू बुटवल सबस्टेशन निर्माण'

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल सरकार र एशियाली विकास बैंकको ऋण सहयोगमा न्यू बुटवल सबस्टेशन निर्माण गरिएको बताएका छन्।

कुमौनी होलीमा मस्त छन् सुदूरका बस्ती

घरघरमा गई कुमौनी होली खेल्दा घरधनीले पैसा तथा अन्य सामग्री दिन्छन्। होलीबाट संकलित रकम स्थानीय सामाजिक कार्यमा खर्चिन्छ। धनगढीको जाखोर ताल, शिवनगर, बोराडाँडी, उत्तरबेहडी, तारानगर लगायतका क्षेत्र होलीमय बनेको छ। यहाँ कुमौनी होली खेलिन्छ।

बस दुर्घटनामा आमा–छोरासहित १५ को मृत्यु

संखुवासभाको मादीमा बिहीबार बिहान भएको बस दुर्घटनामा आमा–छोरासहित १५ जनाको मृत्यु भएको छ। उक्त बस मादीबाट झापाको दमकका लागि यात्रु लिएर हिँडेको थियो।

६ महिनापछि आज संवैधानिक इजलास

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि प्रश्नचिह्न उठाउँदै असोजदेखि संवैधानिक इजलास बस्न सकेको थिएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्