५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

'नेपाल सरकार र एशियाली विकास बैंकको ऋण सहयोगमा न्यू बुटवल सबस्टेशन निर्माण'

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल सरकार र एशियाली विकास बैंकको ऋण सहयोगमा न्यू बुटवल सबस्टेशन निर्माण गरिएको बताएका छन्।

नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुनवल नगरपालिका–१३ मा निर्माण भएको २२०/१३२ केभी न्यू बुटवल सबस्टेशनको आज उद्घाटन कार्यक्रममा उनले अहिले सम्पन्न भएको २२०/१३२ केभीसम्मको संरचनाले पर्वतस्थित कुश्मा सबस्टेशन, चितवनस्थित भरतपुर सबस्टेशन, रुपन्देहीस्थित बुटवल सबस्टेशन र बर्दघाट सबस्टेशनसँग कनेक्टिभिटी प्रदान गर्ने बताए।

कालीगण्डकी नदी र त्यस आसपासका नदीहरूबाट मुस्ताङ, म्याग्दी र पर्वत जिल्लामा उत्पादन हुने विद्युत्लाई कुश्मा सबस्टेशनमार्फत यस सबस्टेशनसम्म ल्याई अन्य जडित सबस्टेशनमा आपूर्ति हुने बताइएको छ।

आगामी दिनमा यस न्यू बुटवल सबस्टेशन विस्तार गरी ३३ र ११ केभीका संरचना तयार गरी त्यसमार्फत यस क्षेत्रमा विकास हुँदै गरेका औद्योगिक ग्राहक तथा स्थानीय क्षेत्रका गार्हस्थ्य उपभोक्ताका लागि गुणस्तरीय र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउने योजना रहेकाले सोहीमार्फत स्थानीय विद्युत्को माग सम्बोधन हुने कार्यकारी निर्देशक घिसिङले जानकारी दिए।

प्रकाशित: ३ चैत्र २०७८ १३:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App