१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

चन्द्रकला र नाङ्जा सेमिफाइनलमा

नेपाल आर्मीकी चन्द्रकला थापा र एपिएफकी नाङ्जा बुढा मगर बुधबार गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको  महिला ५७ केजी तौलसमूहको सेमिफाइनलमा प्रवेश गरेका छन्।

बसन्तपुर डबलीमा सम्पन्न क्वार्टरफाइनलमा चन्द्रकलाले स्वस्तिका तिरुवा तथा नाङ्जाले लुम्बिनी प्रदेशकी जानकी थापामगरलाई पराजित गरे।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको महिला ५१ केजी तौल समूहमा एपिएफकी सन्जुमाया थिङले कर्णाली प्रदेशकी आरती विक तथा नेपाल प्रहरीकी दिवाना शेर्माले गण्डकी प्रदेशकी अस्मिता थापालाई हराउँदै सेमिफाइनलमा पुगे। महिला ६० केजी केजी तौल समूहको क्वार्टरफाइनलमा बाग्मती प्रदेशकी शशिकला राईले गण्डकीकी जेसिका श्रेष्ठ तथा आर्मीकी संगीता डंगोलले कर्णालीकी मनीषा मगरको चुनौती समाप्त पार्दै सेमिफाइनल यात्रा तय गरे।

त्यस्तै पुरुषतर्फ ६३ केजी तौलसमूहमा प्रहरीका भूपेन्द्र थापा मगरले मधेश प्रदेशका रावन अलीलाई पन्छाउँदै सेमिफाइनलमा पुगे। त्यसै स्पर्धामा एपिएफका सोनाम सार्की पनि सेमिफाइनलमा पुगे। उनले गण्डकीका निश्चल गुरुङमाथि जित रचे। पुरुष ६९ केजी तौलसमूहमा प्रहरीका सनिल शाहीले एपिएफका विक्रम चौधरी तथा सुदूरपश्चिम प्रदेशका भरत चन्दले कर्णालीका प्रशान्त लामालाई हराउँदै सेमिफाइनलको यात्रा तय गरे।

भूपेन्द्र र सनिल १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता खेलाडी हुन्। पुरुष ५२ केजी तौल समूहमा आर्मीका प्रेम चौधरीले गण्डकीका आकाश राना र प्रहरीका चन्द्रबहादुर थापाले प्रदेश १ का धर्मेन्द्र राई तथा ५७ केजीमा प्रहरीका शम्भु राजवंशीले प्रदेश १ का भुगोल लिम्बू र आर्मीका इन्द्र सुनारले कर्णालीका पारस शाहीलाई निराश पार्दै सेमिफाइनलमा स्थान बनाए। पुरुष ७५ केजी तौल समूहमा आर्मीका दीपेश लामाले बाग्मतीका निश्चल विष्ट र मधेसका कोसिस श्रेष्ठले एपिएफका झलक रोक्का तथा ८१ केजी तौल समूहमा आर्मीका दीपक श्रेष्ठले एपिएफका साजन तामाङलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरे।

पुरुष ९१ केजी तौल समूहमा एपिएफका रविन नेपालले मधेशका विजय राजभण्डारीलाई पाखा लगाउँदै सेमिफाइनलमा पुगे। सोही स्पर्धामा गण्डकीका किरन विकले लुम्बिनीका केशर खत्रीबाट वाकओभर पाउँदै सेमिफाइनलमा पुगे।

प्रकाशित: ८ वैशाख २०७९ ०३:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App