४ फाल्गुन २०८२ सोमबार
image/svg+xml
अपराध

स्रोत नखुलेको रकमसहित एकजना पक्राउ

रौतहट प्रहरीले स्रोत खुल्न नसकेको रकमसहित एक जनालाई पक्राउ गरेका छन् ।

सदरमुकाम गौर नगरपालिकाको वडा नम्बर ३ स्थित प्रहरीले स्थानीय ४४ वर्षिय राकेश कलवारलाई स्रोत खुल्न नसकेको रकमसहित पक्राउ गरेको हो ।

गौर भन्सार हुँदै बीपी चोकतर्फ बिआर३०यु ७२४७ नम्बरको मोटरसाइकललाई शंकाको आधारमा प्रहरी गस्तीटोलीले सुरक्षा जाँच गर्ने क्रममा उक्त रकम भेटिएको हो । मोटरसाइकलको लेगार्डमा प्लास्टिकको झोलाभित्र लुकाइछिपाइ राखिएको ४ लाख ९९ हजार रुपैयाँसहित कलबारलाइ नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता डिएसपी बिष्णु प्रदीप बस्यालले बताए ।

प्रकाशित: २३ माघ २०८२ १८:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App