४ फाल्गुन २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

उपन्यासकार किरण आचार्यकाे ‘शैलसुते’ लोकार्पण

शिखा बुक्सले साहित्यकार किरण आचार्यकाे पौराणिक उपन्यास ‘शैलसुते’ काे लोकार्पण गरेको छ।

कार्यक्रममा आख्यानकार तथा पत्रकार कमल रिजाल, लाेकप्रिय समालोचक राजकुमार बानियाँ, पठन संस्कृतिका अभियन्ता तारा रेग्मी, उपन्यासकार किरण आचार्य र प्रकाशक पुष्पराज पौडेलले उपन्यासकाे लोकार्पण गरेका हुन्।

पठन संस्कृतिका अभियन्ता तारा रेग्मीले उपन्यासकाे समीक्षा गर्दै शिक्षकहरूलाई एउटै उपन्यासमा पढ्न पाउनु र खोज र अनुसन्धान गरेर लेखिएको हुँदा उपन्यास अब्बल रहेको  ‘शैलसुते’ जस्तो उपन्यास पढ्न हो भने धर्म परिवर्तन नहुने र इन्द्र राजाले सोमरस बनाउनेलाई नबुझे वैज्ञानिक थुनामा राखेर पीडा दिएको प्रशंसा साह्रै राम्रो लागेको बताए।

लाेकप्रिय राजकुमार बानियाँले ‘शैलसुते’ उपन्यास दुर्लभ र माैलिक साहित्य रहेको र नेपालमा मात्र नभए भारतमा पनि माता पार्वतीबारे लेखिएको नभेटिएको बताए। यस उपन्यासलाई व्यालिसक भन्न सकिने बताउनु व्यलिसक उपन्यास हुनका लागि सबै गुण रहेको बताए।

कमल रिजाल पौराणिक आख्यान लेखनका लागि लामो तपस्या र समर्पण चाहिने बताउँदै ‘शैलसुते’ उपन्यासले पौराणिक नारीपात्रमाथि लेखिएको र लेखकबाट आफू प्रभावित रहेको बताए।

कथन र विषयवस्तुले कौतहूल प्रदान गर्दै निरन्तर तान्दै लैजाने र उपन्यास अन्तिमसम्म पनि के होला, के होला भन्ने बनाउन सक्षम भएको छ।

उपन्यासकार आचार्यले आफूले प्रयास गरिरहेको र गर्ने बताउँदै आफ्नो प्रयास पढेर सुझाव सल्लाह दिन अनुरोध गरिन्।

जत्कारु, परशुराम, अहिल्या किरण आचार्यका पूर्व प्रकाशक पौराणित पत्रमा आधारित उपन्यास हुन्। शिखा बुक्सले प्रकाशन गरेकाे ‘शैलसुते’ उपन्यासकाे मूल्य ७९५।- छ।

प्रकाशित: ४ फाल्गुन २०८२ १०:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App