निर्मला हत्या प्रकरण: कञ्चनपुर पुगेर सुक्ष्म अनुसन्धान गर्दै डिआइजी टोली
उप–प्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेले निर्देशन दिएपछि निर्मला पन्त हत्या अनुसन्धानका लागि गठन भएको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) का प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहको नेतृत्वको पाँच सदस्यीय अनुसन्धान टोलीले कञ्चनपुरमा सुक्ष्म तरिकाले अनुसन्धान थालेको छ।