५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

चेतन अयडीको हत्यारा पक्राउको माग गर्दै अनेरास्ववियूद्वारा बाजुरा बन्दको घोषणा

बजार बन्द गर्दै अनेरास्ववियुका नेता कार्यकर्ता। तस्बिर: नागरिक

विद्यार्थी नेता चेतन अयडी हत्यारालाई कारवाहीको माग गर्दै बाजुरामा अनिश्चित कालका लागि बन्द घोषणा गरिएको छ। सत्ताशक्तिको बलमा चेतन अयडी हत्याको घटना कमजोर बनाउन खोजेको आरोप सहित अनेरास्ववियुले बाजुरा बन्दको घोषणा गरेको हो।

बाजुरा शनिबारदेखि पूर्ण रुपमा बन्द छ। हत्यामा संलग्नलाई पक्राउदेखि बयान लिने र वकिल कार्यालयमा लिखित बयान संकलन गर्ने घटनासम्म सत्ताको सेटीग रहेको आरोप अनेरास्ववियुको छ।

विद्यार्थी नेता चेतन अयडीका हत्यारा पक्राउ नगरेको र मुद्दा कमजोर पार्न खोजेको आरोपमा  बाजुरा बन्द घोषणा गरेको दाबी अनेरास्ववियुको छ। पहिलो चरणको बन्दपछि तत्काल हत्या  आरोपी पक्राउ गर्ने र कारवाहीको दायरामा ल्याउने सहमति गरेको प्रहरी प्रशासनले महिना दिनसम्म पनि वाचा पुरा नगरेपछि अनेरास्ववियुले आन्दोलन घोषणा गरेको हो।

किटानी जाहेरीमा नाम उल्लेखित २२ जना हत्यारालाई पक्राउ नगरेसम्म आन्दोलन जारी राख्ने अनेरास्ववियुका नेता लक्ष्मण रोकायाले बताएका छन्। आन्दोलनको दोस्रो चरणलाई अनेरास्ववियुले थप कडा बनाएको छ। अर्को सूचना र सहमति बाहिर नआए सम्म अनिश्चित कालिन बाजुरा बन्द घोषणा गरिएको अनेरास्ववियु बाजुराका अध्यक्ष दिलबहादुर थापा भोटेले बताएका छन्।

आन्दोलनकारीले यातायात सेवा ठप्प पारेका छन्। बाजुराको सीमा क्षेत्र इकडी गाडदेखि मार्तडीसम्म दर्जनौ ठाउँमा टायर बाल्ने र काठ ढुंगा लगाएर बाटो अवरोध गर्ने कार्य जारी राखेका छन्। अनेरास्ववियुका नेता कार्यकर्ता ठाउँ ठाउँमा विरोध प्रर्दशनसहित बाटो अवरोध गर्न सक्रिय छन्। सरकारी तथा गैरसरकारी कार्यालय बजार पसल सबै ठप्प छन्।

हत्या आरोपी पक्राउमा ढिलाई विद्यार्थी नेता चेतन अयडीको हत्या भएको महिनादिन पुरा भएको छ। तर प्रहरीले अहिलेसम्महत्याआरोपीलाई पक्राउ समेत गर्न नसेको आफन्तले बताएका छन्। प्रहरीले हालसम्म १० जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक रवीन्द्र बोहराले बताएका छन्।

२२ जना आरोपी मध्ये १० जनालाई पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाइसकेको र बाँकी १२ जनाको खोजीकार्य जारी रहेको प्रहरीले बताएको छ। किटानी जाहेरीमा उल्लेखित नाम बाहेक अन्य कोही कसैको संलग्नता भए पनि अनुसन्धान भइरहेकोले ढिलो चाँडो पक्राउ पर्ने प्रहरीको दाबी छ।

प्रहरीले पक्राउ परेको १० मध्ये ३ जनालाई भारतको दिल्ली बाट र ७ जनालाई नेपालका विभिन्न स्थानबाट पक्राउ गरेको हो। परिवार र आफन्तले भने प्रहरीले राज्य सत्ता र शक्तिको बलमा हत्यारा बचाउन खोजेको आरोप लगाएका छन्। नेपालमै भएका र दिनहुँजसो अनलाइनमा देखिने हत्यारा अनुहारलाई समेत प्रहरीले पक्राउ नगर्नु उन्मुक्ति दिने उपाय बाहेक नभएको हत्या गरिएका चेतन अयडीका भाइ मिलन अयडीले बताएका छन्।

सुराकी दिएर पनि पक्राउ नगरेको र जसरी पनि मुख्य नाइकेलाई बचाउन खोजिएको आरोप परिवारको छ। तर प्रहरीले भने अनुसन्धान टिम नै बनाएर खोजीजारी रहेकोले कानुनको दायरामा ल्याएरै छोड्ने बताएको छ। भारतसम्म पुगेर आरोपीलाई खोजी रहेको अवस्थामा प्रहरीले नै असहयोग गर्यो, बचाउन खोज्यो भन्नु दुखद बिषय भएको प्रहरीले बताएको छ।

सत्ताको दबाबमा घटना कमजोर बनाउन सक्रिय बाजुरा प्रहरी चेतन अयडीका आफन्तले सामुहीक हत्याको प्रमाणसहित किटानी जाहेरी दिएको महिना दिन बित्यो। ज्यान मार्ने कसुरमा जन्मकैदसहितको सामूहिकक्रुरु अमानवीय हत्या दाबीसहितको उजुरी दिएको हो। तर प्रहरीले त्यो बिषयमा कम संवेदनशिल भएर कमजोर पार्ने षड्यन्त्रसहितको बयानलिने गरेको आरोप चेतनका बुबा गगन अयडीको छ।

जन्मकैद स्वतहःदाबीको बिषय हो, तर हत्या पनि कुन प्रकार र प्रकृतिले गरिएको हो, भन्नेमा अर्थ राख्ने भएकोले आजीवनभित्र पनि जिवीत रहेसम्मको कैद सजायसहितको कारवाही अगाडि बढाउन माग परिवारको छ। प्रहरीले पनि दुबै बुँदालाई उल्लेख गरेर माग दाबी गरेको बताएको छ।

तर श्रोतको दाबी अनुसार वर्तमान सत्ता गठबन्धनको प्रत्यक्ष दबाब र प्रभावमा परेर प्रहरीले मुद्दा सजह बनाउन लागेको आरोप छ। ज्यान सुरक्षाका लागि खाटमुनी लुकीरहेको व्यक्तिलाई घरभित्रबाट तानेर कुटीकुटी हत्यागर्ने कुरा कानुनीतःक्षम्य नै नहुने दाबीकानुनव्यवासायीको छ । तर प्रहरीले सामूहीक हत्यालाई झगडा र बिबादका बीच भएको हत्याका रुपमा लिन खोजेको आरोप अनेरास्ववियुको समेत छ।

निर्मम हत्या गरिन्छ। कुटीकुटी यातता दिएर मारिन्छ, फेरि त्यही अरापधीलाई संरक्षण गर्ने बिषय अनेरास्ववियुका लागि सह्य नहुने अनेरास्ववियुका केन्द्रीय उपमहासचिव नरेश रोकायाले बताएका छन्। हत्यामा शिक्षकदेखि वडा अध्यक्ष जनप्रतिनिसम्म संलग्न देखिएका छन्।

पक्राउ नै नगरि मुद्दा थुनछेक गर्न लागिएकोमा अनेरास्ववियुले आपत्ती जनाएको छ। हत्यारालाई कारवाहीको वातावरण नबनेसम्म जुनसुकै प्रकारको आन्दोलन गर्न तयार हुने अनेरास्ववियुको दाबी छ। तर प्रहरी प्रशासनले भने हत्यारा कहीकतै गए पनि उम्कीन नपाउने र कानुनको दायरामा आउनै पर्ने बताएको छ। प्रहरी र अनुसन्धानमाथि आशंका नगर्न प्रहरी प्रशासनले आग्रह गरेको छ।  

प्रकाशित: ३ पुस २०७९ ०९:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App