१ मंसिर २०८१ शनिबार
image/svg+xml

शव व्यवस्थापन गर्न अध्यक्षको गाडी

कोरोना सङ्क्रमणबाट मृत्यु भएकी एक महिलाको शव व्यवस्थापनका लागि पालिकाको गाडी प्रयोग भएको छ। बाँकेको कोहलपुुरस्थित नेपालगञ्ज मेडिकल कलेज आइसियूमा उपचार गराइरहेकी बाँके बैजनाथपुरकी एक महिलाको मृत्यु भएपछि बैजनाथ गाउँपालिकाको गाडी शव ल्याउन प्रयोग गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले जानकारी दिए।

विपद् व्यवस्थापनमा सरकारी संयन्त्र र कामकारबाही कस्तो छ ?

प्रायः विपद्का बेला के गर्ने के नगर्ने भन्ने सरकारलाई तुरुन्त निर्णय लिन कठिन हुन्छ । अतः यस्ता कुरालाई ध्यानमा राखी सरकारले विपद् व्यवस्थापन परिषद्को व्यवस्थापन गर्छ । विपद् व्यवस्थापन परिषद्ले गर्नुपर्ने काम र यसको एकीकृत रुप निम्न प्रकारका छन्

संकट व्यवस्थापन प्राथमिकतामा

एक साताअघि जुम्ला सरुवा भएर आइपुगेका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको एउटै मात्र चाहना थियो,‘कोराना संकटबाट जुम्लालाई बचाउने र जुम्लालाई ग्रिन जोन बनेको सन्देश प्रवाह गर्ने ।

सरकारले वन सम्बन्धित गरेको निर्णय सच्चाउनु पर्ने माग

सरकारले वैज्ञानिक वन ब्यवस्थापन तथा काठजन्य बस्तुमा रोक लगाए पछि कपिलवस्तुका साझेरी वन आँन्दोलित भएका छन्। सरकारले वैज्ञानिक वन व्यवस्थापन, काठ उत्पादन, बिक्री र ओसारपसारमा लगाएको रोक फिर्ता लिनु पर्ने भन्दै उनीहरू आन्दोलित भएका छन्। वैज्ञानिक वन व्यवस्थापन सहित देशभरी काठजन्य वस्तुमा लगाएको प्रतिबन्ध फुकुवा गर्न साझेदारी बनले माग गरेका छ ।

भारतबाट फर्किनेको व्यवस्थापनमा कठिनाई

धादिङका स्थानीय तहहरुले भारतबाट घर फर्किएर सिमानामा अलपत्र परेकाहरुलाई उद्धार गरेका छन् । केही स्थानीय तहका प्रमुख आफै सिमानामा नै पुगेर उद्धार गरे तर उद्धार गरेकाहरुको व्यवस्थापनमा कठिनाई भएको छ ।

वर्षायाममा सडक नियमित सञ्चालन गर्न जिम्मेवारी तोकियो

वर्षायाममा पहिरो तथा हिलोका कारण सडक अवरुद्ध हुने कुरालाई मध्यनजर गर्दै सडक नियमित सञ्चालन गर्न जिम्मेवारी तोकिएको छ। जिल्ला विपद् व्यवस्थापन समिति रसुवाले वर्षाका समयमा जिल्लाको ६ वटा सडक खण्डलाई नियमित सञ्चालन गर्न जिम्मेवारी तोकिएको हो।

आजको आवश्यकता : नयाँ र रोजगारीबाट बाहिरिएका श्रमशक्तिको व्यवस्थापन

कोभिड–१९ का कारण ठूलो श्रम शक्ति बेरोजगार बनेकाले नयाँ श्रमशक्ति र रोजगारबाट बाहिरिएका श्रमिकको व्यवस्थापनमा सरकारको उचित ध्यान जानुपर्ने आवश्यकता रहेको सांसदले बताएका छन् ।

मिलेमतोमा वन फँडानी

डिभिजन वन, सबडिभिजन वनका कर्मचारी, ठेकेदार र सामुदायिक वनका पदाधिकारीको मिलेमतोमा पछिल्ला दिनमा कैलालीका वनमा रूख कटान भइरहेको छ।

सुर्खेतमा निर्वाध गैरखाद्य सामग्री आयात

वैशाख २९ गते प्रदेश विपद् व्यवस्थापन केन्द्रले ‘स्वास्थ्य उपकरण, औषधि तथा औषधिजन्य, कृषि तथा पशुपालनका लागि अत्यावश्यक सामग्री, निर्माण तथा खाद्य सामग्री र पेट्रोलियम पदार्थसँगै पाठ्यपुस्तक, पाठ्यसामग्री र स्टेशनरी प्रदेश सीमाबाट सुरक्षितरूपमा प्रवेश हुन दिने तथा आन्तरिक ढुवानीको व्यवस्था मिलाउने’ निर्णय गर्‍यो ।

आवश्यकताका आधारमा जिन्सी सहयोग

जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले फुङ्लिङ नगरपालिकासँगको समन्वय र अग्निपीडितको तात्कालिक आवश्यकताका आधारमा मात्र पीडितहरूलाई सहयोग गर्न सकिने बताएको छ।

सीमापारिबाट वारि, व्यवस्थापन गर्न नसक्दा जोखिम

बैतडी र दार्चुलाका सीमानाकाबाट बिहीबार भित्रिएका सबै क्वारेन्टाइनमा बसेका छैनन्

अनुमान गरे भन्दा बढी भित्रिएपछि व्यवस्थापनको चुनौती

गत बिहीबार झुलाघाट नाकाबाट एक हजार दुई सय ९९ जना भित्रिए । भारतस्थिति पिथौरागढ प्रशासनले ८ सय ३७ जना क्वारेन्टाइनमा रहेको जानकारी दियो । तर क्वारेन्टाइनमा बसेभन्दा झण्डै दोब्बर आए । ‘हामीले करिब ९ सय जना आउने अनुमान गरेका थियौ,’ बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले भने, तर धेरै जना आएपछि समस्या भयो ।’

क्वारेन्टाइन बस्ने अधिकः व्यवस्थापन कम

भाइरसको नियन्त्रण र रोकथामका लागि क्वारेन्टाइनमा बस्नेहरुको संख्या धेरै भएपछि व्यवस्थापनमा समस्या भएको छ। संख्या धेरै भएपछि खानेबस्ने व्यवस्था मिलाउन कठिन भएको हो।

क्वारेन्टाइनको क्षमता भन्दा बढी मान्छे आएपछि व्यवस्थापनमा चुनौती

रसुवामा क्वारेन्टाइनको क्षमता भन्दा बढी मान्छे आएपछि व्यवस्थापनमा चुनौती सिर्जना भएको छ । आइतबार नेपाली कांग्रेस रसुवाले ३ सय ७७ जनालाई जिल्लामा ल्याएपछि व्यवस्थापनमा चुनौती देखिएको हो ।

जनता समाजवादी पार्टी, नेता व्यवस्थापन चुनौतीपूर्ण

तत्कालीन राजपाका अरु पाँचजना अध्यक्ष तथा तत्कालीन समाजवादी पार्टीका उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठको मर्यादाक्रम निर्धारणमा समस्या देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्