२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

संकट व्यवस्थापन प्राथमिकतामा

एक साताअघि जुम्ला सरुवा भएर आइपुगेका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको एउटै मात्र चाहना थियो,‘कोराना संकटबाट जुम्लालाई बचाउने र जुम्लालाई ग्रिन जोन बनेको सन्देश प्रवाह गर्ने । ’उनी अहिले यही चाहना पुरा गर्न आफ्नो कोराना संकट व्यवस्थापनमा पुरै समय खर्चिरहेका छन् । तत्कालिन प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे सरुवा भइसकेपछि बीचको खाली समयमा उत्पन्न समस्या समाधान गर्दै कोरानामुक्त जुम्ला निर्माणका लागि तयारी भइरहेको उनी बताउँछन् ।  

प्रमुख जिल्ला अधिकारी थापा जुम्लाबासी पनि हुन् । उनी जुम्ला आइपुग्नु पुर्व कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टिनमा १९ जना संक्रमित भेटिए । संक्रमितलाई कर्णाली प्रतिष्ठानको आइसोलेसनमा राख्न संक्रमित ल्याउन आफै क्वारेन्टिनमा पुगे । संक्रमितलाई कोराना विरुद्धको लडाई जित्नको लागि मनोविमर्श प्रदान गरे । क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मीलाई उत्साहित बनाएर फर्किए । स्वास्थ्यकर्मी उत्तम देवकोटा प्रमुख जिल्ला अधिकारी थापाले मनोविमर्श दिएपछि साहस बढ्ेको बताउँछन् ।  

फलस्वरुप १८ जनाले एक साता भित्रै कोराना जितेर घर फर्किए । यसले आत्मबल दह्रो हुने हो भने, कोराना जित्न असहज छैन् भन्ने सन्देश फैलियो । अहिले क्वारेन्टिनमा बस्ने नागरिक कोराना संक्रमण भएपनि आत्मविश्वासले निको हुने बताउँछन् ।  

भारतबाट आउनेको संख्या एक्कासी बढ्न थालेको र क्वारेन्टिनमा संक्रमित देखिन थालेपछि जुम्लालाई तीन दिन सम्म निषेधाज्ञा जारी गरे । संक्रमितको कन्ट्रयाक ट्रेसिङ पत्ता लगाउन थाले । सबैको पिसिआर परिक्षण गर्न अस्पताललाई आग्रह गरे । फलस्वरुप संक्रमितको सम्पर्कमा रहेका सबैको कोराना रिर्पोट नेगेटिभ आयो । जुम्लामा लकडाउन खुकुलो भएको गुनासो सर्बत्र सुनिन थालेपछि लकडाउनको पालना गर्न अपिल गर्दै संक्रमित देखिएको क्षेत्र सील गरियो । जसले जुम्ला सुरक्षित राख्न राहत मिल्यो । ’

उनले भने,‘आफु जोखिममा रहेर पनि कोरानाबाट जुम्ला बचाउने अभियानमा अहोरात्र खटिएका छौँ ।कोराना संक्रमण फैलन नदिनको लागि सबै प्रकारको उपाया अबलम्बन गरिरहेका छटौँ । आफु सुरक्षित रहन र अरुलाई सुरक्षित राख्न नियमित रुपमा सचतना प्रदान भइरहेको छ ।’ पछिल्लो समयमा पिसिआर परिक्षणको दायरा फराकिलो बनाउँदै उच्च सतर्कता अपनाउनको लागि आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारी थापाको पहलमा  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला संग समन्वय गरेर प्रत्येक स्थानीय तहमा विशेषज्ञ चिकित्सक एक महिनाका लागि परिचालन गरिएको छ । उनीहरुले क्वारेन्टिनको प्रत्यक्ष निगरानी गरिरहेका छन् । स्वास्थ्य संस्थामा आउने सबै प्रकारका बिरामीको चेकजाँच गरिरहेका छन् ।

संकट व्यवस्थापन पहिलो प्राथमिकता हो । प्रमुख जिल्ला अधिकारी थापाले भने,‘संकटमा सारथी बन्नु सरोकारवाला सबैको दायित्व हो । संकट समाधानका लागि सबै प्रकारको पहल गर्न स्थानीय प्रशासन तयार छ । ’जिल्लाभर बनाइएका सबै क्वारेन्टिनको अनुगमन गरियो । केही क्वारेन्टिनमा सुरक्षा व्यवस्था नभएको गुनासो थियो । केहीमा स्वास्थ्यकर्मी अभाव ।  

जिल्लाको रारालिही क्वारेन्टिनमा सशस्त्र प्रहरी खटाइयो । कालिकाखेतु क्वारेन्टिनमा नेपाली सेना परिचालन गरियो । हरेक स्थानीय तहमा क्वारेन्टिनको अनुगमन गर्दै आवश्यक सुरक्षा प्रबन्ध गर्न सफल भएको उनी बताउँछन् । क्वारेन्टिनको व्यवस्थापनमा खासै असन्तुष्टी भेटिएन् ,।

अहिले जुम्लामा ८ जना संक्रमित छन् । आइसोलेसनमा उनीहरुको नियमित निगरानी भइरहेको छ । उनीहरुमा कुनै प्रकारको लक्षण देखिएको छैन् । जुम्लाबाटै क्लिनको सन्देश फैलाउन चाहान्छौँ,प्रमुख जिल्ला अधिकारी थापाले भने,‘भारतबाट आउने नागरिकको उच्च निगरानी गर्दै स्वदेशबाट आउनेलाइ पनि क्वारेन्टिनमा राख्ने गरिएको छ । सबैको पिसिआर परिक्षणका लागि आग्रह गरिएको छ । ’

प्रमुख जिल्ला अधिकारी थापा बजारमा लकडाउनको अनुगमन गर्न आफै गस्तीमा निस्किए । पछिल्लो समयमा उनले महामारी फैलनु पुर्व गर्नु पर्ने तयारीका बारेमा छलफल चलाउन थालेका छन् । पहिलो प्राथमिकता संकट व्यवस्थापन हो । शान्ति सुरक्षा व्यवस्थापन नियमित र व्यवस्थित बनाउने,प्रशासनिक सेवाप्रवाहलाई सहज र प्रभावकारी बनाउने र सुशासनलाई जोड दिने उनको योजना छ ।  

जिल्ला प्रशासन कार्यालयमा सामान्य नागरिकले सहजै रुपमा सेवा लिने वातावरण निर्माण हुने उनी बताउँछन् ।अहिले प्रशासनमा काम गर्नको लागि विचौलियाको साथ लिनु पर्ने परिस्थिती कायमै छ । प्रमुख जिल्ला अधिकारी थापाले भने,‘सामान्य नागरिकले आफैले सहजै प्रशासनिक सेवा लिने गरि तयारी थालेका छौँ ।

प्रशासन कार्यालयमा डिजिटल नागरिकबडापत्र निर्माण गर्ने, डिस्प्ले राख्ने र सेवाप्रवाहलाई टोकन सिस्टममा लैजाने उनको लक्ष्य छ । उनी जुम्लालाई कोरानाबाट बचाउन हरदम तयारी अवस्थामा छन् ।  

प्रकाशित: १ असार २०७७ १६:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App