२० आश्विन २०८१ आइतबार
image/svg+xml

भारतबाट फर्केका तीन जनालाई कोरोना पुष्टि

भारतबाट फर्किने नेपाली नागरिकमा कोरोना संक्रमण देखा परेको छ। भारतको रुपैडिहा हुँदै नेपालगन्ज आएका ३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए।

सरकारी आदेश लत्याउँदै भौतिक उपस्थितिमा विद्यालय सञ्चालन

कोरोना महामारीको तेस्रो लहर सुरुवात भएपछि सरकारले पहिलो चरणमा माघ १५ गते र दोस्रो चरणमा माघ मसान्तसम्मका लागि भौतिक उपस्थितिमा विद्यालय संचालन नगर्न भनेको छ। परीक्षणको दायरामा आउनेमध्ये करिब ४० प्रतिशत मानिसमा कोरोना संक्रमण पुष्टि भैरहँदा संक्रमणको जोखिम व्यापक छ।

सार्वजनिक स्थलमा जाँदा खोप कार्ड अनिवार्य

जुम्लामा अध्ययन, अवलोकन भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकसँगै स्थानीयलाई सार्वजनिक स्थलमा जाँदा खोप कार्ड अनिवार्य गरिएको छ। खोप कार्डविना सार्वजनिक स्थलमा जान नपाइने भएको हो।

विद्यालय बन्द गर्न सिफारिस

आइतबार बसेको सिसिएमसीको बैठकले २५ जनाभन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सव आयोजना नगर्न नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालयमार्फत लेखी पठाउन सिफारिस गरेको हो।

ओमिक्रोनको संक्रमण बढ्न नदिन उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण बढ्न नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

कोभिडसम्बन्धी विधेयक संसद्मा अलपत्र

कोभिड १९ संकट व्यवस्थापन विधेयक संसद्मा करिब एक महिनादेखि अलपत्र छ। कोभिड १९ संकट व्यवस्थापन अध्यादेश भदौ ३० गतेबाट निस्क्रिय भएपछि कोभिडसम्बन्धी कानुन छैन।

नियन्त्रणमै आएन कोरोना संक्रमण: भेरी अस्पतालमा एकै रात दुई संक्रमितको मृत्यु

बाँकेमा बढेको कोरोना भाइरस(कोभि-१९)नियन्त्रणमा आउनै सकेको छैन। संक्रमण नियन्त्रणमा नआउँदा दिनहुँ मृत्युदर बढ्दै गएको छ।

कोभिड-१९ संकट व्यवस्थापन अध्यादेशः आदेश उल्लंघन गरेमा १ लाखसम्म जरिवाना

सरकारले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ ले आदेश उल्लघंन गरेमा प्रमुख जिल्ला अधिकारीलाई कैद र जरिवाना दुबै सजाय गर्न पाउने अधिकार दिएको छ।

कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश, संकटकाल घोषणा गर्न सक्ने

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सो अध्यादेश जारी भएको हो।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग

सिड्स नेपाल नामक गैरसरकारी संस्थाले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो।

गोरखामा जेठ १५ सम्म निषेधाज्ञा, बाहिरबाट आउने तरकारी पूर्ण रुपमा बन्द

जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले कोरोनाको संक्रमण दर बढेकाले रोकथाम नियन्त्रण र न्यूनीकरणका लागि निषेधाज्ञा जेठ १५ गतेसम्म गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए।

गोरखामा पनि निषेधाज्ञा

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बुधबारको बैठकले गोरखामा कोरोना संक्रमण ब्यापक रुपमा बढेको भन्दै जिल्लाभर निषेधाज्ञा जारी गरेको हो।

कोभिड नियन्त्रणका लागि सिसिएमसीको १४ निर्णय

केन्द्रले आवागमन व्यवस्थापनबारे, उद्योग व्यवसाय सञ्चालन तथा सार्वजनिक निर्माणबारे, क्वारेन्टिन अनुगमनबारे र जनचेतना सम्बन्धमा विभिन्न निर्णय गरेको हो।

काठमाडौं उपत्यका प्रवेश गर्न अनिवार्य एन्टीजेन परीक्षण

कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकलले अबदेखि काठमाडौं उपत्यका प्रवेश गर्न अनिवार्य एन्टीजेन परीक्षण गर्नुपर्ने निर्णय गरेको छ। आइतबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकले उपत्यका प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्