२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

आंशिकलाई करार गर्न त्रिवि सहमत

आन्दोलनरत समाजवादी प्राध्यापक संघका अध्यक्ष डा. पवनकुमार झा र त्रिविका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले हस्ताक्षर गरेको १३ बुँदे सहमतिमा त्रिविमा कार्यरत आंशिक शिक्षकको समस्या समाधानार्थ करारमा लैजान दरबन्दी थप गर्ने उल्लेख छ।

सम्बन्धनमा चलखेल भएको भन्दै कलेज सञ्चालक विरोधमा

भक्तपुरको न्यात्पोल कलेज, आविस्कार नेसनल कलेज, नेपाल कलेज, नेपालगञ्ज एकेडमी अफ म्यानेजमेन्ट एन्ड आइटी, वेदान्त कलेज, भादगाउँ कलेज, भक्तपुर कलेज अफ टेक्नोलोजी, एकता कलेज, श्रीराम कलेजलगायत विरोधमा उत्रेका छन्।

अस्ताए साहित्यकार आनन्ददेव भट्ट

त्रिभुवन विश्वविद्यालय अन्तर्गत धरान, धनकुटा, चितवन र अंग्रेजी केन्द्रीय विभागमा गरी झन्डै ३५ वर्ष प्राध्यापन गरेका थिए । विसं. २०५० सालमा उनले सहप्राध्यापक पदबाट राजीनामा दिएर त्रिवि पाठ्यक्रम विकास केन्द्रमा उपनिर्देशकको जिम्मेवारी पाएका थिए । विगत चार वर्षदेखि अल्जाइमर रोगबाट पीडित उनी शिक्षा, साहित्य र राजनीतिका त्रिवेणी थिए ।

समावेशी शिक्षासम्बन्धी सम्झौता

समावेशी शिक्षा अध्ययन अध्यापनका लागि मध्यपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रियस्तरका दुई विश्वविद्यालयसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ।मध्यपश्चिमाञ्च विश्वविद्यालयले स्नातक तहसम्म समावेशी (विशेष)शिक्षा पठनपाठनका लागि बुधबार चङआङ विश्वविद्यालय कोरिया र ओस्लोमिट विश्वविद्यालय नर्वेसँग आपसी समझदारीपत्रमा हस्ताक्षर गरेको हो।

नेपाल र इजरायलका विश्वविद्यालयबीच सहमति

तेल अविव विश्वविद्यालयको परिसरमा आयोजित संक्षिप्त कार्यक्रमकाबीच भएको उक्त सझौतापत्रमा नेपालको तर्फबाट त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. शिवलाल भुसाल र इजरायलको तर्फबाट तेल अविवि विश्वविद्यालयकी उपकुलपति प्रा. मिलेट समिरले भर्चुअल माध्यमबाट हस्ताक्षर गरेको राजदूत शाक्यले जानाइन्।

अनलाइन शुल्क संरचना प्रकाशनको माग गर्दै इन्जिनियरिङका विद्यार्थी अनसनमा

कोरोना महामारीमा कलेजहरुले विद्यार्थीलाई कुनै पनि किसिमका व्यवहारिक ज्ञान, शैक्षिक भ्रमण, कलेजका उपकरणहरु प्रयोग र कुनै पनि विषयको प्रयोगात्मक क्रियाकलाप नगराएको भएपनि यी शिर्षकहरुमा शुल्क लिएको विद्यार्थीको गुनासो छ।

'पितासँगको त्यो साथ'

बुवा विमानको झ्यालबाट बाहिर आकाशमा व्याप्त गोधुलीलाई कुतूहलपूर्ण आँखाले हेर्दै हुनुहुन्थ्यो। मलाई पनि देखाउँदै भन्नुभयो– हेर ! भुइँतलबाट देखिएको दृश्य र आँखाको समान सतहबाट देखिएको दृश्यमा कति भिन्नता हुन्छ। दृश्य (चित्र) आँखाले हेर्छ, हृदयले अनुभूत गर्छ। कविता मुखबाट बोलिन्छ, हृदयले अनुभूत गर्छ।

‘संक्रमणले सोच्ने क्षमतामा ह्रास’

कोरोना संक्रमितमा तर्क गर्ने तथा समस्या समाधान गर्ने क्षमतामा अत्यधिक असर परेको अध्ययनले देखाएको छ। श्वासप्रश्वासमा गम्भीर समस्या भएर मेकानिकल भेन्टिलेटरमा उपचार गरिएका बिरामीको संज्ञानात्मक क्षमतामा सबैभन्दा धेरै ह्रास भएको पाइएको छ।

उपकुलपतिलाई राजीनामा दिन सुझाव

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहलाई राजीनामा दिन पाँचवटा प्राध्यापक संघ–संगठनहरुले सुझाव दिएका छन्।

साविक उच्च माविमा तीन दशकसम्म स्थायी शिक्षक शून्य

२०५७/०५८ मा प्रविणता प्रमाणपत्र तह खारेज गरि साविकका उच्च माविका शिक्षकलाई दरबन्दीमा नियुक्त गर्ने सरकारले निर्णय गर्‍यो। तर उच्च मावि सञ्चालन भएको ३१ वर्ष पूरा हुँदा समेत साविकका उक्त तहका शिक्षकहरू एकजना पनि स्थायी दरबन्दीमा छैनन्।

विश्वको नजर ओलम्पिक पछि कतार विश्वकपतर्फ

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का अधिकारीहरूले टोकियो ओलम्पिक २०२० जस्तै सन् २०२२ को बेइजिङ विन्टर ओलम्पिक पनि बन्द रंगशालमा आयोजना गर्न सुझाव दिइसकेका छन्। त्यसैले कतार विश्वकप २०२२ कोभिड–१९ महामारीपछि पूर्ण क्षमताको दर्शकसहित आयोजना गरिने पहिलो प्रमुख प्रतियोगिता बन्न सक्नेछ।

आन्दोलनरत विद्यार्थीमाथि कुटपिट

मध्यपश्चिम विश्वविद्यालयमा आन्दोलतरत विद्यार्थीहरु प्रहरीबाट कुटिएका छन्। प्रहरीले आठ जना विद्यार्थीलाई पक्राउ गरेको छ।

खोप उपलब्ध गराएर मात्र परीक्षा सञ्चालनको माग गर्दै विद्यार्थीद्वारा प्रदर्शन

राष्ट्रिय परिक्षा बोर्ड कक्षा १२ को परीक्षा स्थगन गरे पनि त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित भदौ ५ सम्मको परीक्षालाई भने संचालन गरेको छ।

असोजभित्र ३३ प्रतिशतलाई खोप

हालसम्म नेपालमा एक करोड डोज खोप आइसकेको छ भने असोजभित्र थप ९० लाख डोज आउनेछ। अमेरिकाले कोभ्याक्स सुविधाअन्तर्गत थप १६ लाख ३४ हजार डोज जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराइसकेको छ । यो खोप एक मात्रा लगाए पुग्छ।

कोभिड र फेरिएको शिक्षा प्रणाली

सबै विश्वविद्यालय किंकर्तव्यविमुढ अवस्थामा रहेका बेला नेपालमा नै पहिलो पटक सुदूरपश्चिम विश्वविद्यालयले वैकल्पिक विधिबाट परीक्षा गर्ने निर्णय गर्‍यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्